नेपाल धितोपत्र बोर्डमा ३ पदका लागि दरखास्त आह्वान, २३ जनालाई अवसर
काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले एक सूचना जारी गर्दै तिन पदका दरखास्त आह्वान गरेको हो।
बोर्डले निर्देशक पदक लागि ४ जना, सहायक निर्देशक पदका लागि १६ जना र वरिष्ठ सहायक पदका लागि ३ जना गरी कुल २३ जनाका लागि दरखास्त खुलाइएको छ। बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्न लागेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने बोर्डले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment