संसारको सबैभन्दा पुरानो मुटु भेटियो

डिसी नेपाल
२८ असोज २०७९ १२:४५

संसारका धेरैजसो प्राणीको मुटु हुन्छ। तर हालै वैज्ञानिकहरूले सबैभन्दा पुरानो मुटु पत्ता लगाएका छन्। यो एक जीवाश्म हो। तर पूर्ण रूपमा सुरक्षित। यो मुटु मेरुदण्ड भएको जीवसँग सम्बन्धित छ। वैज्ञानिकहरूले यसको थ्रीडी स्क्यानिङ गर्दा मुटुभित्रका अंगहरूको अवस्था देखेर छक्क परे। अब यो मुटुले काम गर्दैन तर हरेक अंग एक अर्कामा जोडिएको थियो।

वैज्ञानिकहरुले यो मुटुको नाम आर्थ्रोडायर हार्ट राखेका छन्। यो लगभग ३८० मिलियन वर्ष अर्थात ३८ करोड वर्ष पुरानो हो। यो आर्मर्ड फिशको मुटु हो, जसको अर्थ बलियो कवच जस्तो छाला भएको माछा हो। कुनै समय यो मुटुमा रगत बगेको हुनुपर्छ तर अहिले यसमा खनिज मात्रै भरिएको छ।  वैज्ञानिकहरू पनि आश्चर्यचकित छन् कि यसको नरम तन्तुहरू अझै सुरक्षित छन्। जसका कारण उनले थ्रीडी स्क्यानिङ गरेर तन्तुहरूको अध्ययन गर्न पाएका छन्।

यो आर्थ्रोड्रोइड माछाको मुटुको थ्रीडी स्क्यान हो, जसमा यसका सबै आन्तरिक अंगहरू देखिन्छन्।

यो पुरातन माछाको मुटु एस आकारको थियो। जसमा दुईवटा चेम्बर थिए। सानो चेम्बर ठुलो चेम्बरको माथिल्लो भागमा रहेको थियो । पुरातत्वविद्हरूको अनुमान भन्दा यो धेरै आधुनिक हृदय थियो। यो मुटुको अध्ययन गरेर यस्ता पुराना जीवहरुको बारेमा थप गहिरो जानकारी प्राप्त हुने आशा गरिएको छ। यसबाट घाँटी र टाउकोको उत्पत्तिको रहस्य पनि खुल्नेछ।

अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका पुरातत्वविद् केट ट्रिनाजास्टिकले भनिन्, ‘मैले २० वर्षदेखि यस्ता जीवाश्महरूको अध्ययन गरिरहेको छु । तर मैले आजसम्म त्यस्तो दुर्लभ चिज फेला पारेको छैन।’

केटले भने कि इवोल्यूशन एक ढिलो प्रक्रिया हो। यो जीवाश्मले देखाउन्छ कि कसरी बङ्गारा नभएको जीव, बङ्गारा भएको जीवमा परिणत भयो । हाम्रो अध्ययनले देखाएको छ कि यो आर्थ्रोड्रोइड माछाको मुटु हो। जुन उनले आफ्नो मुखमा राख्ने गर्थे। गिल्सको मुनि। जसरी आजकल शार्क माछाको मुटु हुन्छ। हामीले यो मुटु पश्चिमी अस्ट्रेलियाको उत्तरमा अवस्थित गोगो फर्मेसनबाट पायौं। यो ठाउँ जीवाश्महरूको लागि परिचित छ। डेभोनियन कालका धेरै जीवाश्महरू यहाँ छन्। जसको उमेर ४१.९२ करोड देखि ३५.८९ करोड वर्ष सम्म छ।

डेभोनियन कालमा, यी माछाहरूले लगभग ५० मिलियन वर्षसम्म समुद्रमा शासन गरे। त्यसपछि उनीहरु हराउन थाले। यसै  समयमा कुनै एक माछाको जीवाश्म बनेको हुनुपर्छ। जसका सबै अंगहरू हराए पनि मुटु सड्नुअघि नै खनिजहरू जम्मा भएर जीवाश्म बन्यो। केटले भने कि हामीले यो जीवाश्म भित्र हेर्नको लागि यसलाई तोड्न वा फोर्न आवश्यक छैन। हामीले यसलाई थ्रीडी स्क्यान गर्यौं। जसबाट यसको भित्री कुरा खुल्यो । साथै यो पनि थाहा पायौँ कि यो कसरी काम गर्थियो होला।

स्वीडेनको उपसाला विश्वविद्यालयका जीवाश्मविज्ञ पेर अलबर्गले गोगोमा पाइने कुनै पनि माछाको मुटुको नरम तन्तुलाई यसरी सुरक्षित राखिने अपेक्षा नगरेको बताए। नरम तन्तु भएका जीवाश्महरू सामान्यतया समतल हुन्छन्। प्लेट जस्तै तर यो मुटु थ्रीडी आकारमा छ। अर्थात्, यसको मौलिक आकारमा। हामीले यो मुटु दुई दशकअघि भेट्टाएको भए हामीले परीक्षण गर्न सक्ने थिएनौं किनभने त्यतिबेला हामीसँग त्यस्ता प्रविधि र स्क्यानर थिएनन्। यो मुटुको अध्ययन गर्न अस्ट्रेलियाको आणविक विज्ञान तथा प्रविधि संगठन र फ्रान्सको युरोपेली सिन्क्रोट्रोन विकिरण सुविधाको सहयोग लिइएको थियो । ताकि यसको स्क्यान गर्न सकोस्।

पेर अलबर्गले यस मुटुको भित्री भागमा जताततै विभिन्न खनिजहरूको मिश्रण रहेको बताए। अर्थात्, रगतको सट्टा, खनिजहरू भरिएका छन्। जसका कारण यो मुटु बिग्रिएको छैन । हामीले यो मुटुको अध्ययनबाट यो पनि थाहा पाएका छौं कि त्यसबेला माछाको हड्डी निकै धारिलो थियो । बाहिरी छाला ढाल जस्तै बलियो थियो। यो अध्ययन हालै साइन्स जर्नलमा प्रकाशित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *