संशोधनसहित कांग्रेसको घोषणापत्र पारित

डिसी नेपाल
२८ असोज २०७९ १८:१५

काठमाडौं । नेपाली कांग्रेसले अगामी निर्वाचनका लागि तयार गरिएको घोषणा पत्रको मस्यौदालाई प्राप्त सुझावहरु समावेश गर्ने गरि पारित गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा घोषणा पत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणा पत्रको मस्यौदा प्रस्तुत गरेका थिए । बैठकले प्रारम्भिक मस्यौदालाई प्राप्त सुझावहरु समावेश गर्ने गरि पारित गरेको घोषणा पत्र तयारी समितिका प्रवक्ता जिवन परियारले जानकारी दिए ।

उपत्यका बाहिर रहेका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई असोज २९ गते शनिबार साँझ ७ बजेभित्र सुझाव पठाउन बैठकले निर्देशन दिएको छ भने आएका लिखित सुझाव समेतलाई घोषणापत्रमा समावेश गरेर छिटै सार्वजनिक गरिने परियारले बताए । घोषणा पत्रमा ४८ सालदेखि अहिलेसम्मका कांग्रेस नेतृत्वको सरकारले गरेका कामहरुका बारेमा र कांग्रेसले बिजयी हासिल गरेपछि गर्ने कामको बिबरण उल्लेख गरिएको उनले बताए ।

त्यस्तै घोषणापत्र प्रारम्भिक मस्यौदा उपसमितिका डा. स्वर्णिम वाग्लेले घोषणापत्र मुख्यःत लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको विषय, आर्थिक अवस्था, समन्यायिक समाज र सांस्कृतिक विकासको एजेन्डामा केन्द्रीत रहने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *