नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखि औपचारिक रुपमा सुरु भएको छ ।
शुक्रबार पोखरा रङ्गशालामा आयोजित विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन गरिएको हो । उद्घाटनमा बिभिन्न प्रदेशले मार्चपास गरेको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना गरिएको हो । गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो । यस अघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौंको अधिकासं खेलहरु पोखरा रंगशालामा आयोजना गरिएको छ । पुरुष क्रिक्रेटका खेल भने यसअघि नै काठमाडौंमा सम्पन्न भइसकेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् । यस पटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
Facebook Comment