टि-२० विश्वकप सुरु, श्रीलंका र नामिबियाबीच खेल जारी

डिसी नेपाल
३० असोज २०७९ १०:४२

काठमाडौं । टी–२० विश्वकप २०२२ सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल आइतबार नेपाली समयअनुसार बिहान श्रीलंका र नामिबियाबीच चलिरहेको छ । छनोट चरणको यो पहिलो खेल हो । यस खेलमा श्रीलंकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । १० ओभरको खेल सकिँदासम्म नामिबियाले ३ विकेटको क्षतिमा ५९ रन बनाएको छ ।

अष्ट्रेलियाको भूमिमा हुन लागेको यस विश्वकपमा कूल १६ टोलीले भाग लिनेछन् । यी १६ टोलीमध्ये ८ टोलीले सीधै समूह–१२ चरणका लागि छनोट भएका छन् भने बाँकी ४ टोलीले छनोट चरण जितेर आफ्नो स्थान पक्का गर्नेछन् । राउण्ड १, सुपर–१२ र प्लेअफ गरी जम्मा तीन चरणमा खेलाइँदै आएको यो मेगा टुर्नामेन्ट आजदेखि सुरु भएको हो ।

१६ मध्ये ८ टोली सुपर १२ चरणका लागि प्रत्यक्ष छनोट भएका छन् भने बाँकी ४ टोलीले छनोट चरण जितेर आफ्नो स्थान पक्का गर्नेछन्। छनोट चरणमा ४–४ टोलीको दुई समूह बनाइएको छ । जसमा आ–आफ्नो समूहको शीर्ष २ टोली सुपर १२ चरणमा पुग्नेछन् । त्यसपछि सुपर–१२ चरणमा ६–६ टोलीको दुई समूह हुनेछ, जसमा आफ्नो समूहका शीर्ष–२ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

राउण्ड-१ मा समूह एमा श्रीलंका, युएई, नेदरल्याण्ड र नामिबिया छन् । समूह बीमा आयरल्याण्ड, स्कटल्याण्ड, जिम्बाब्वे र वेस्ट इन्डिज । यीमध्ये आफ्नो समूहका शीर्ष २-२ गरी ४ टोली सुपर १२ मा जानेछन् ।

सुपर १२ मा पहिल्यै पुगिसकेका टोलीमा समूह १ मा इङ्ल्यान्ड, अष्ट्रेलिया, न्यूजिल्याण्ड, अफगानिस्तान छन् । यो समूहमा राउण्ड १ को समूह ए विजेता र समूह बी उपविजेता थपिनेछन् । यस्तै समूह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश छन् । यसमा समूह ए उपविजेता, समूह बी विजेता थपिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *