अवैध चिनी लोड गरिएका दुई ट्रक पश्चिम नवलपरासीबाट नियन्त्रणमा

काठमाडाैं । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-२ र रामग्राम नगरपालिका-५ स्थित भैरहवा परासी राजमार्गबाट २ कात्तिकमा करिब ९० लाख रुपैयाँ
बराबरको आठ सय ४० बोरा अवैध चिनी सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना६ख २१९७ र लु ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले
बरामद गरेको हो । बरामद चिनी तथा दुबै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रतिक्रिया
Facebook Comment