फुटबलः स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै

डिसी नेपाल
३ कार्तिक २०७९ ८:२१

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् ।

पोखरा रंगशालामा १ बजे सुरु हुने खेलले स्वर्ण पदक विजेताको टुंगो लाग्नेछ।

यस अघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १-० ले पराजित आर्मी फाइनलमा प्रवेश गरेको हो।

दोस्रो सेमिफाइनलमा सुदुरपश्चिम प्रदेशलाई ५-१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो। जारी नवौं खेलकुदमा आज आज सम्पन्न हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *