व्यंग्य : भोट नपाए गोरखा जानु

बलदेव महत
५ कार्तिक २०७९ ६:५१

हाम्रो देशका सबै ठाउँहरु कुनै न कुनै चिज वा बिषयको लागि परापूर्ब कालदेखि नै प्रख्यात भएको सुुनिन्छ र त्यही प्रख्यातिको लागि त्यो ठाउँलाई चुनिन्छ।

कुनै ठाउँ सामानको लागि, कुनै ठाउँ धार्मिक तिर्थब्रत कार्यको लागि, कुनै ठाउँ खेती कमाइको लागि, कु्नै ठाउँ आर्थिक कृयाकलापको लागि, कुनै ठाउँ घुमफिरको लागि,कुनै ठाउँ कुनै बिशेष सामानको लागि आदि आदि भएकोले हाम्रो देशको सबै ठाउँ आआफ्नो हिसाबले ज्यादै प्रख्यात र महत्वपूर्ण छन्।

जसले गर्दा हाम्रो देश नै एउटा महत्वपूर्ण क्षेत्रको रुपमा मानिइ आएको र संसार भरबाट जानिइआएको एउटा प्रख्यात राष्ट्रको रुपमा रहेको छ। न्याय नपाए कहाँ जाने, खान नपाए कहाँ जाने, जागिर वा काम नपाए कहाँ जाने, स्वास्नी नपाए कहाँ जाने, विद्वान पण्डित नपाए कहाँ जाने, शिक्षा नपाए कहाँ जाने आदिको आधारमापनि ठाउँहरुको चर्चा हुुन थालेको र बाठाटाठाले त्यही अनुसार कदम चालेको अनि कतिले त हत्ते नै हालेको देखिन्छ।

त्यही सिलसिलामा बिगत करिब चारसय बर्षभन्दा अघिदेखि न्याय नपाए गोरखा जानु भन्ने भनाइ त्यहाँका प्रख्यात राजा राम शाहको न्याय गराइ र ज्यादै निष्पक्ष न्यायिक अराइ पराइको कारणले यस्तो भनाइ जनजिब्रोमा प्रचलित हुन गएको भन्ने अहिलेसम्म यही भनाइ कायम भएकोले पुुष्टि हुुन्छ।

यसै कारणले अहिले हाम्रो सर्बोच्च अदालत रहेको स्थान भएर जाने आउने सडकलाई राम शाह पथ भन्ने नाम दिइएको हो भन्ने अनुुमान गर्न सकिन्छ।

अहिले त्यहाँको कृयाकलाप र गतिबिधि हेर्दा न्यायका ब्यापारिहरुले राम शाहको नामलाई डढ्ने गरि पोलेर र हाकाहाकी घुुस खान दिल खोलेर प्रतिष्पर्धा गरेको हुुनाले यो सडकको नाम न्याय बेचेर घुुसखोरिमा प्रख्यात महापुुरुषहरुको नामबाट नामाकरण गर्न उचित हुुने अबस्था आइसकेको जनताको राय रहनुु अर्कै कुरा हो।

हरेक कुुराको अबस्था, औचित्य, सान्दर्भिकता, परिस्थिति, आवश्यकता आदिको आधारमा चलन चल्तीको भनाइ समयोचित परिबर्तन हुनुलाई सामान्य नै मान्नपर्छ र यसलाई खासै ठूलो होइन भनेर जान्नपर्छ अनि आफूलाई के गर्दा फाइदा हुुन्छ त्यतातिरै तान्नपर्छ भन्नेमा कसैको दुुइमत नहुन सक्छ।

उहाँले चुनाव लड्न थालेपछि र आफ्नो नेतृत्वको धनयुद्धलाई जसोतसो थन्क्याएर राजनैतिक मूलधारमा कदम चालेपछि उहाँ घुुमिघुुमि चुनाव लड्दै जित्दै र आफ्नो निर्बाचन क्षेत्रका जनतालाई अत्यधिक लाभ दिँदै आउने र त्यहाँबाट बिदा लिँदै नयाँ ठाउँमा भाग्य परिक्षणको लागि जाने गर्दै आउनु भएको छ।

अहिलेको अबस्थामा अरु प्रख्यात ठाउँहरुको नाम त त्यस्तै हो न्याय नपाए गोरखा जानु भन्ने भनाइलाई चाहिँ परिबर्तन गरेर भोट नपाए वा अन्तका मतदाताले भोट नदिएर धपाए गोरखा जानु भनेर नयाँ उखान कायम गर्न ढिला गर्न हुँदैन।

प्रत्येक चुनावमा कहाँ पुुगेर जनता झुक्याउन र आफ्नो सढे गलेर काम नलाग्ने भइ सकेको खोक्रो बिचार रुपी कनिका बुुक्याउन सकिन्छ भन्दै निर्बाचन क्षेत्र बदल्दै हिँड्ने स्वघोषित महान नेता भनेर परिचित खुमलटारे कामरेडको कारणले करिब चारसय बर्ष अघिदेखि चल्दै आएको प्रख्यात भनाइ बदलिने सौभाग्य गोरखाले पाएको अनि चितवनमा हार्ने पक्का भएकोले एउटा धक्का दिन उहाँ गोरखा आएको भन्ने हावादारी हल्लामा त्यहाँका मतदातहरुलाई बिश्वास भएजस्तो छैन।

उहाँ जस्तो घुुमन्ते फिरन्ते वा पर्यटक उम्मेदवार आफ्नो क्षेत्रबाट चुनाव उठ्न आउनु र स्थानीयले उहाँको कृपादृष्टि पाउनुु सारै राम्रो कुुरा हो। उहाँले चुनाव लड्न थालेपछि र आफ्नो नेतृत्वको धनयुद्धलाई जसोतसो थन्क्याएर राजनैतिक मूलधारमा कदम चालेपछि उहाँ घुमिघुमी चुनाव लड्दै जित्दै र आफ्नो निर्बाचन क्षेत्रका जनतालाई अत्यधिक लाभ दिँदै आउने र त्यहाँबाट बिदा लिँदै नयाँ ठाउँमा भाग्य परिक्षणको लागि जाने गर्दै आउनु भएको छ।

पहिलो संबिधान सभाको चुनावमा उहाँले रोल्पा र काठमाडौँको कीर्तिपुुर क्षेत्रबाट चुनाव उठेर जित्नुभयो।  संबिधान सभाकै अर्को चुनावमा पुरानो ठाउँको भर नभएर हो कि हार्ने डर भएर हो सिराहा र काठमाडौँको उही क्षेत्रबाट लड्नुभयो। परिणाम उहाँले सोचेजस्तै आयो।

आफू राम्ररी चिनिएको कीर्तिपुरबाट चुनाव हारेपनि छलछाम जालझेल र अन्य सबै हतकण्डा प्रयोग गरेर भोट किनिएको सिराहाबाट भने उहाँको शानदार बिजय भयो। त्यहाँ त चुनाव जित्नको लागि मतपत्रको बाकस नै साटिएको भनेर अहिलेसम्म कुरा काटिएको सुनिन्छ।

त्यसपछि भएको संसदीय चुनावमा उहाँका बिरोधीहरुले भने जसरी सिराहामा टिक्न र जित्ने गरि बिक्न नसकेरै उहाँ चितवनतिर ओर्लनु भयो। आफू ओर्लनुभन्दा अघि नै प्रशस्त रकम खर्च गरेर र अनेक भ्रम छरेर कोशिश गर्दापनि भरतपुरको मेयरमा छोरीले नजित्ने पक्का भएपछि आफ्ना लठैतहरुद्वारा मतपत्र चपाउने र अरुलाई धपाउने उहाँकै भाषामा अति लोकतान्त्रिक कार्य सम्पन्न गराएर भएपनि छोरीको प्रतिद्वन्दीलाई हराएर छोड्न सफल हुनुभयो।

एउटा राजनेता भन्दापनि एउटा बाबुले गर्न सक्ने सबै खाले कर्म गराएर भएपनि छोरीलाई मेयर भएर चर्न सक्ने बनाउनुु ज्यादै सराहनीय कार्य हो भन्ने सबैको भनाइ छ।

चुनाव जितेर छोरीले धेरै राम्रो काम गरिन् रे भनेर अरुले नभनेपनि यिनै बाबुछोरीले भन्दै हिँडेको हुुनाले केके गरिछन् भनेर बिरोधीहरुले गन्दै हिँडेको सुुनेर चपाउन मिल्ने खालको भोट खसाल्ने जनता चाहिँ दंग परे रे।

टिको लगाएरै दिन पर्ने छोरीलाई अरु नेताहरुले समेत सिको गर्न पर्ने गरि मेयरको पद दिएकोमा धनयूूद्धको वास्तबिक उद्देश्य प्रष्ट्याएको भनेर बुझ्न पर्ने सबैको मनसाय रहनुु स्वाभाबिक मानिएको र यसलाई ज्यादै उचित कार्य भनेर जानिएको अनि दोश्रो कार्यकालको मेयरको कुर्सी दाइजोलाई त झन् जायज ठानिएको छ।

मेयरको दोश्रो चुनाव पनि जित्नुमा गठबन्धन, गठजोड, धम्की, घुर्की, रोइकराइ, भोट खरिद आदि सबै सत्कार्यहरु गरेर कुर्सी हत्याउनु र निश्पक्ष रुपमा जितिएको भन्ने गफलाई सबैले पत्याउनु एकदम राम्रो हो।

गत संसदीय निर्वाचनमा आफ्नो गृह जिल्लाबाट चुनाव लड्नको लागि चितवन झरेका र त्यहाँको बिकास गर्न अघि सरेका स्वघोषित महान नेताले गृह जिल्लामा अति नै धेरै बिकास गरेर छोरीलाई दुुइचोटी मेयर पद दिलाउने र डरधम्की देखाएर बिरोधीहरुको मुख सिलाउने निकै राम्रो अभ्यास गरेको पाइयो।

जहाँबाट चुनाव जित्यो त्यहाँ हेरि नसक्नुु बिकास गर्ने नेता भएकोले र उनको बिकासको गति अति नै द्रूत रुपमा गएकोले उहाँलाई एउटै निर्वाचन क्षेत्रमा अडिएर बस्न पर्ने आबश्यकता नै पर्दैन।

पहिलोपल्ट चुनाव जितेको रोल्पा र काठमाडौंको कीर्तिपुुरमा गर्न सकिनेसम्मको बिकासका सबै काम सकेर अरुलाई समेत केही गर्न नपर्ने गरि केही बाँकी नरहेपछि सिराहातिर झरेका हुुन्।

दोश्रोचोटि सिराहा र कीर्तिपुरबाट उम्मेदवारी दिएकोमा त्यत्रो बिकास निर्माण गरिदिँदा पनि कीर्तिपुरेले भोट नदिएर ठूलै चोट पुर्‍याए। सिराहामा बाकस नसाटेको भए गडबड हुुने र चुनाव हारेर रुन पर्ने अबस्था आउँथ्यो भन्ने बिरोधीको कुुरा जनताले पत्याउने सवालै आएन। त्यत्रो बिकास गरिँदिँदा पनि हराएको भनेर भइसकेको बिकासलाई अन्यत्र फिर्ता लान र हारेको रिसमा ध्वंश गरेर जान हुँदै भएन।

सिराहामा चुनाव जितेपछि त्यहाँको बिकासको गति देखेर यति राम्रो मति भएको उममेदवार त अहिलेसम्म कसैले देखेकै थिएन भन्ने हल्ला नै चल्यो।

उहाँले जितेपछि त सिराहाको त्यो निर्बाचन क्षेत्र देशकै सबैभन्दा बिकसित, राम्रो र नमुुना क्षेत्र भएको अहिलेपनि त्यहाँ पुग्ने जो कसैले सहजै अनुुमान गर्न र एकदम सही हो भनेर भर पर्न सक्छ।

सिराहालाई अब योभन्दा बिकास गर्न सकिने ठाउँ छँदैछैन अब अन्त कति बिकास गर्नु यसपाली चाहिँ आफ्नै गृह क्षेत्रलाई बिकास गर्न पर्छ भन्ने सारै असल भावना लिएर अघिल्लो चुनावमा उहाँ चितवन लाग्नुभयो र यस्तो पुनित कार्यलाई अरुले चुनाव हारिन्छ कि भनेर भाग्नुुभयो भन्दै नचाहिँदो हल्ला चलाउन खोजेपनि उहाँ भने त्यहाँको बिकासको लागि जोडजोडले जाग्नुभयो।

बाबुुछोरी मिलेर त्यहाँ बिकास गर्दागर्दा एक कठ्ठामात्रै जमिन भएको ठाउँमा चौध कठ्ठामा सुुबिधायूूक्त घर समेत बन्न पुगेछ। त्यहाँ ज्यादै धेरै बिकास कार्य भएर जनताले नै भोभो अब योभन्दा बढी बिकास हामीलाई चाहिँदैन भनेको हुुनाले बिकास गरेर जनताको जीवनस्तर उकास्न नयाँ ठाउँमा जानैपर्ने र आफ्नो बिकासवादी धारणालाई सँगसँगै लानैपर्ने बाध्यता परेपछि कसको के लाग्छ र?

चितवनमा त्यत्रो थेग्नै नसकिने बिकास गर्दापनि बाँदरमुुढेमा आफैंले परमधाम पुुर्याएकाहरुको नाम सहितको सिला लेखले आँखा तरेर र मरेर गएपनि पछि लाग्न नछोड्नेहरुको क्षेत्रमा थप बिकास गरेर केही काम छैन भन्नेपनि पर्‍याे  होला।

उहाँले गरेको बिकासलाई खप्न नसकेर चुनाव हराउन बिरोधीहरु ओइरिएको हुुनाले अरु बिकास थप्न उहाँले आबश्यक ठान्नुु भएन। यहाँ बसिरहेमा नामनिशाना नरहने गरि फुक्लिने सम्भावना बढ्दै गएकोले लुुसुुक्क गोरखातिर उक्लिने काम भएको हो रे भनेर अरुले जति नै फलाकेपनि जनताले पत्याएका छैनन्।

चितवनमा बाँदरमुुढे भएजस्तै गोरखामा कृष्णप्रसाद अधिकारी, नन्दप्रसाद अधिकारी, गंगामाया अधिकारी, अलि पर लमजुुँगमा मुुक्तिप्रसाद अधिकारी आदिको सम्झनालेपनि गोरखालीहरुले उहाँलाई भोट दिएर जिताउन करै लाग्छ।

त्यत्रा स्वघोषित महान कार्यहरु गरेर जनतालाई स्वर्गबास गराउन सक्ने ब्यक्तिलाई नजिताए गोरखाली हुनुको के अर्थ भयो र? त्यही भएर देशका अरु सबै निर्बाचन क्षेत्रका जनता नझुक्किने सम्भावना भएको र गोरखाका जनतालाई चाहिँ अहिलेसम्म मजाले झुक्याउन सकिने सूचना गएको हुनाले यो ठाउँलाई छानिएको अनि यहाँका जनताले राम्ररी कुरा बुझेका छैनन् भनेर जानिएको भन्ने गफमा जनताको खासै रुचि हुन हुुँदैन।

यही ठाउँमा जन्मिएर देश एकिकरण गर्ने मात्रै होइन गोरखा भन्ने नाम सँसारभर फैलाउने कार्यको जग बसाल्ने राजाको सालिक फुुटाएर बिदेशी मालिक खुसी पार्नु  र यही सत्कर्म बापत बिदेशीबाट ठूलो रकम झार्नुलाई ज्यादै ठूलो उपलब्धि मानेको अनि आफ्नालाई मारेर बिदेशी रिझाउनुलाई ठूलो पुरुषार्थ ठानेको भन्ने सुनेर यहाँका मतदाताहरु निकै उत्साहित भएका छन् रे भन्ने हल्ला निकै चलेको सुनिन्छ।

जहाँजहाँबाट चुनाव जितेपनि छोरी बुुहारी ज्वाइँ भाइ भतिजा सम्धी आदि बाहेक अरुलाई हेर्न र मतदान गरेको क्षणबाट अरुलाई टेर्न नपर्ने बिशेष सिद्धान्त बोकेको अनि उहाँले मतदाताको काम मतदान गर्ने बाहेक अरु केही हुँदैन भनेको सुनेर जिब्रो टोकेको धेरैले अनुुभव गरेको हुुनाले एक ठाउँबाट दोहोर्याएर चुनाव लड्न आफन्तले नै रोकेको भन्ने हल्लामा कमसेकम गोरखाका मतदाताहरुलाई बिश्वास छैन।

यिनकै पुराना मित्र त्यहीँका एक जमानाका बोर्ड फस्ट डाक्टरले आफूले नजित्ने पक्का भएकोले पुुराना सहकर्मी अध्यक्षसित घुुस्रिन गएर र धेरै ठाउँ डुल्दापनि कतै नबिक्ने भएर लम्पसार पर्दै निकै त्याग गरेको भन्दै आफ्नो निर्बाचन क्षेत्र छोडेको हल्ला चलाए ।

उनको त्याग त छोरीको लागि काठमाडौंमा एउटा टिकट हत्याउनुु र आफूलाई भोट दिने जनतालाई फिरन्ते उम्मेदवारको जिम्मा लगाएर लत्याउनुु मात्रै पो रहेछ। आफूले त्यत्तिकै छोड्दा श्रेष्ठ थरका प्रतिद्वन्द्वीले उछिट्याउलान् भनेर बरु अध्यक्षलाई नै उचालेर भिडाउन पाएदेखि छोरीलाई आफ्नो बाटोमा हिडाउन सकिन्थ्यो कि भन्ने झिनो आशा राख्नु ठिकै पनि हो।

यिनलेपनि यही क्षेत्रबाट चुनाव जितेर भरपुर बिकास गरिसके र अध्यक्षको लागि गर्ने काम नै बाँकी नभएर टरिसके अनि अध्यक्षपनि यसपछिको चुनावमा कहाँबाट लड्ने होला भनेर बिचार गर्न अघि सरिसके भन्ने सुनेर जनता आनन्दमा परिसके भनेकोपनि कतैकतै सुुन्न थालि सकियो रे।

अध्यक्षले छोरीको लागि मरिहत्ते गरेजस्तै यिनलेपनि छोरीलाई संघीय सांसदको टिकट उछिट्याउनको लागि त्वँ शरणम् सहित लम्पसार पर्दै र जानेसम्मको बिन्तिभाउ गर्दै काम पट्याए।

यिनको दलमा माथिदेखि तलसम्म सबैको चरित्र एउटै रहेछ अर्थात कुरा र गफ जनताको गर्ने र आफ्ना सन्तान अनि आफन्तको फाइदाको लागि मात्रै अघिअघि सर्ने भन्नेमा खासगरि गोरखाका जनतालाई पटक्कै बिश्वास छैन।

यिनले त छोरीको लागि आफ्नो लगभग पक्का ठाउँ छोडेर र पुुरानो रिसइवी तोडेर फाइदा नै उठाए। अर्का श्रेष्ठ थरका कामरेडले त छातिमाथि ढुंगा राखि अध्यक्षलाई बोक्दै र अब यो ठाउँको कायापलट हुुने निश्चित छ भनेर मन नलागी नलागी खोक्दै हिँड्न परेको छ।

खाओवादी क्यान्टोनमेन्टमा चौँतिस अर्ब,एनसेलमा बहत्तर अर्ब स्वघोषित महान नेताले एक्लै खाएको र बुुढी गण्डकीमा बालकोटे कामरेड, बुुढानिलकण्ठे सभापति र स्वघोषित महान नेताले जनही तीन तीन अर्ब खाएको कुरा प्रमाणसहित आफूले थाहा पाएको हुुनाले आफूले पार्टी छोडेर हिँडेको भनेर बोर्ड फस्टे कामरेडले आबश्यक परेको बेलामा प्रमाण पेश गर्ने बेश मनशायसहित कुुर्लेर र निकै उत्तेजित हुुँदै उर्लेर भाषण ठोकेको हिजोअस्ति मात्रै हो जस्तो सबैलाई लागेको हुनपर्छ।

अहिले त्यसबाट माग अनुसारको भाग पाएकोले स्वघोषित महान नेतालाई आफैंले लगाएको सबै दाग एकैचोटि पखाल्ने र ठूलै आमदानीले मुख खकाल्ने गरेको होला भनेर बिरोधीले जति भनेपनि गोरखाली जनताले पत्याउने कुरो आउँदैन।

आफू र कमिशन जगतमा अति लोकप्रिय अर्धाँगिनीले हार्ने निश्चित देखेर नै स्वघोषित महान नेताको लगौँटीको सहारामा लिँदै र उहाँमाथि लगाएका सबै आरोपहरुबाट सफाइ दिँदै छोरीको लागि एउटा टिकट पक्का गर्न पर्ने अबस्थामा पुगेका बोर्ड फस्टे कामरेड मिलेसम्म सबै दलहरुमा जाँदै र सबै ठाउँबाट लोप्पा खाँदै अहिले स्वघोषित महान नेताको चरण समातेर यसरी शरण परेपछि उनको राजनैतिक स्तर सजिलै बुझ्न सकिन्छ।

उम्मेदवारी मनोनयन भन्दा झण्डै एक हप्ता अघिसम्म आफूले चितवन कुनै हालतमा नछोड्ने भन्दै बकेका र त्यसैको लागि तयार भइ सकेका स्वघोषित महान नेताले अचानक गोरखा रोज्नुु र बोर्ड फस्टे कामरेड र उनका चिर प्रतिद्वन्दी श्रेष्ठ कामरेडको आश्रय खोज्नु जस्तो अचम्मको निर्णय गरेको देख्दापनि उनको हबिगत राम्ररी बुझ्न सकिन्छ भन्नेहरुको भनाइ सुनेर केही काम छैन।

गोरखालीको गौरब राजा पृथ्वीनारायण शाहको सालिक फुटाउँदै हिँड्ने,पबित्र तिर्थस्थल मनकामनाका भक्तहरुलाई जहाँ पायो त्यहिँ गिँड्ने, आफ्नो धर्म संस्कृति र गौरबशाली इतिहास मेटाउनको लागि बिदेशीको इशारामा बिकेर आफन्तसित भिड्ने स्वघोषित महान नेतालाई गोरखालीहरुले भोट दिएर भारी मतले बिजयी बनाउने पक्का छ भन्ने सबैलाई लागेको छ।

गोरखाली मतदाताहरुको लागि यो ज्यादै ठूलो अवसरपनि हो भनेर बोर्ड फस्टे कामरेडले भनेको उनको हिसाबले एकदम सही हो। देशै भरिका अन्य निर्बाचन क्षेत्रमा भोट नपाएर हार्ने र जनताले धपाएर लघार्नेे सम्भावना देखेरै गोरखा पुगेका हुन् भन्ने कुरामा जनताको चाहिँ बिश्वास छँदै छैन।

आफूले धेरैथोक बदली सकेको गुड्डी हाँक्दै हिँड्ने स्वघोषित महान नेताले न्याय नपाए गोरखा जानु भनेर शताब्दियौँ देखि चल्दै आएको भनाइलाईपनि भोट नपाए गोरखा जानु भन्नेमा परिबर्तन गर्न सक्नुलाई गोरखाका मतदाताहरुले अर्को ठूलो उपलब्धिको रुपमा लिइ दिनुु नै अहिलेलाई बुद्धिमानी ठहछ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *