को के भन्छन्, तर सत्य यही हो
जब पृथ्वी गर्मीले डराउँछिन्, तब आकासबाट जल वृष्टिद हुन्छ। तसर्थ यहाँ जाडोले गर्मीदेखि र गर्मीले जाडोदेखि डराउनु पर्दैन। ऋतु परिबर्तनको साथै मौसमको फेरबदलले समय समयमा परिबर्तनले कोल्टो फेरिरहेको हुन्छ। बसन्त ऋतुपछि शरद ऋतु, गर्मीपछि जाडो र जाडोपछि गर्मियाम।
परिवर्तनको बसन्त लहरमा हरेक खेतका बालीहरु, हरेक बगैंचाका फूलहरु भन्छन् ‘म नै ठूलो हुँ।’ खेती किसान गर्ने ठुलो, बगैंचा बनाउने ठूलो। त्यस्तै डाक्टर, इन्जिनियर, प्रोफेसर, देशका शासक सबै ठुलो भन्ने गर्दछन्।
तर बास्तबमा यहाँ कोही पनि ठुलो छैन्। सबैको सृष्टि समान छ। सबैको सृष्टिद्वारमा कुनै भिन्नता छैन। परमेश्वरकोे सृष्टिमा सबै समान छन्। कसैको कोही छैनन्। जन्मिँदा एक्लै र मर्दापनि एक्लै नै हो।
त्यस्तै यहाँ गर्मी कसको, जाडो कसको र को कस्तो? कस्तो ज्ञान र कस्तो अज्ञान। एउटा अक्षर ‘अ’ हराएकोले को ज्ञानी र को अज्ञानी? यो संसार बुझिनसक्नुको छ। को ठूलो को सानो। सानु र ठुलो कसरी छुट्याउने।
अगाडि जन्मिने ठूलो र पछाडि जन्मिने सानो हो भने ठूलैको अगाडि सानुले फेरि यो संसार छोडी गएका छन्। अज्ञानी भन्दा ज्ञानी ठुलो भन्ने हो भने ज्ञानीले भन्दा अज्ञानी किशान मजदुर र कालिगढ़हरुले यो संसार थामी रहेका छन्।
सत्यदेखि सधैं टाढा रहेको यो मृत्यु लोकमा जन्मेका सम्पूर्ण जीवहरु असत्य नै हुन्। अतः परमेश्वर नै एकमात्र सत्य भएकोले आफ्नो कर्मको साथसाथै परमेश्वरको संसारमा पनि आफुलाई समाहित गर्न सक्नु नै मानब मात्रको एकमात्र बिकल्प हो।
ज्ञानीले त बढे बढे बम, बन्दुक, बारुद र हतियार बनाएर संसार ध्वस्त बनाउने धन्धामा लागेका छन्। नराम्रो भन्दा राम्रो शरीर र अनुहार भएकाहरु राम्रो भए आज राम्रा मान्छेहरुले नै हत्या, हिंसा मच्याइरहेका छन् भने नराम्रा भन्नेबाट नै संसारलाई बचिरहेको छ।
संसार सृष्टि गर्ने ठुलो कि संसार बनाउने ठुलो? संसार सृष्टि गर्नेले हरेक कुरा सित्तैंमा दिएको हुन्छ। घाम, हावा, पानी, जाडो, गर्मी र शितलता जुन हर प्राणीहरुको जीबन धान्न अति अनमोल छ।
यी चीजहरु प्राणीले किन्नु परेको भए के मानिसको अस्थित्व रहन्थ्यो होला, यो दुनियाँमा? तर संसार बनाउने ठुलो भन्ने हो भने यो संसारको निर्माण र बिकास गर्नेले हरेक कुरा व्यापारिकरण र किनबेच गर्दछन्। हरेक कुरामा मोलतोल गरिन्छ।
यहाँ संसार निर्माण गर्नेहरु राग, द्वेष,इष्र्या, लोभ, मोह, घमण्ड र मात्सर्यमा चुर्लुम्ब डुबेका छन् जुन क्षणभंगूर छन्। किनकि यी सब चिजहरु कालान्तरमा अस्थित्वमा रहने छैनन्।
मानिसहरु यस्तो देख्दा देख्दै पनि फेरि गर्व र घमण्ड गर्दछन्। यसरी गर्व र घमण्ड गरी ठूलो बन्न खोज्नु त एक बुँद पानीको फोकाले सारा समुन्द्रलाई शेखी गर्नु जस्तै हो।
त्यस्तै धेरै नबोल्ने भन्दा धेरै बोल्ने ठुलो हो भने मौनमा भन्दा बढी धेरै बोल्नेमा झुठमुठ, धोकाधरी, ठगी र गल्तीहरु सबैभन्दा धेरै हुन्छ। मौन त एउटा होश हो जो सधैं बिबेक र सत्यमा रहेको हुन्छ। नत्र बुद्ध किन दोहोर्याइ दोहोर्याइ भन्छन् ‘मौन एक सत्य हो’ अर्थात् मौनतामा नै सत्य खुलेको हुन्छ।
त्यस्तै यता नाता सम्बन्ध ठुलो भनु भने सयौं पुर्वजहरू जोडिए होलान्। तर बाबुआमा र बाजे बजेहरुमात्रको याद आउँछ त्यो पनि देखेको भएमात्र। यहाँ बंश नाता साइनो भन्दा सहयोगका अन्य हातहरु प्रशस्त पाइन्छ। ‘बसुदैव कुटुम्बकमर’ अर्थात प्रेम र करुणा तथा दया अनि बिबेक राख्ने हो भने सैयौंलाई आफ्नो बनाउन सकिन्छ।
लिने भन्दा दिने कामहरुमा मन लगाउन सकेमा आफु स्वयम् हरदम मालिक बन्न सकिन्छ। किनकि प्रेम, करुणा, दया र बिबेक यो भवसागरको पबित्र गंगाको लहर हो जसको स्नान गर्नाले मान्छे ‘मानव’ बनी उसको जीवन उत्सर्गमा पुग्दछ।
यसले मानिसलाई अखण्ड दीप बनाउँदछ। किनकि यी माथिका गुणका हारहरु स्वयम् परमेश्वरका हातहरु हुन् जसबाट कुनै कुराको हार हुँदैन।
तसर्थ सत्यदेखि सधैं टाढा रहेको यो मृत्यु लोकमा जन्मेका सम्पूर्ण जीवहरु असत्य नै हुन्। अतः परमेश्वर नै एकमात्र सत्य भएकोले आफ्नो कर्मको साथसाथै परमेश्वरको संसारमा पनि आफुलाई समाहित गर्न सक्नु नै मानब मात्रको एकमात्र बिकल्प हो।
Facebook Comment