भारतसँगको खेलअघि पाकिस्तानी टोलीलाई झट्का
काठमाडौं । पाकिस्तानी ब्याट्सम्यान शान मसूद अभ्यासका क्रममा घाइते भएका छन् । उनलाई अस्पताल लगिएको छ ।
शुक्रबार नेट अभ्यासका क्रममा उनको टाउकोमा बलले चोट लागेको थियो ।
आइतबार मेलबर्नमा भारत र पाकिस्तानबीच हुने टी–२० विश्वकपको महत्वपूर्ण खेलअघि मसुद घाइते भएका हुन् ।
मोहम्मद नवाजको डिलीवरीमा शान मसूद घाइते भएका छन् ।
शान मसूद घाइते भएको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।
यस भिडियोमा शान मसूद भुइँमा लडिरहेका छन् र पाकिस्तानी खेलाडी उनको वरिपरि उभिरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment