मोटोपन घटाउनेदेखि डेङ्गीसम्मको उपचार ‘गुर्जो’

डिसी नेपाल
६ कार्तिक २०७९ १२:१८

काठमाडौं । कोरोनाको समयदेखि निकै चर्चामा आएका एक आयुर्वेदिक जडिबुटी हो गुर्जो । कोरोना महामारीका बेला तुलसी, बेसार, गिलोय जस्ता आयुर्वेदिक जडीबुटीहरूप्रति मानिसको विश्वास बढेको पाइन्छ । यी जडीबुटीहरूमध्ये गुर्जोको बारेमा कुरा गर्दा यो फाइदाले भरिपूर्ण आयुर्वेदिक जडिबुटी हो । आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्। गुर्जोको सेवन गर्नाले कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूबाट उन्मुक्ति पाउन सकिन्छ।

यसलाई स्वस्थ जीवनशैलीका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुका साथै तौल पनि घटाउँछ। साथै अन्य रोग नियन्त्रणमा पनि निकै प्रभावकारी हुन्छ । आउनुहोस् जानीराखौं गुर्जो सेवन गर्नुका फाइदाहरु ।

मोटोपनलाई भगाउँछ टाढा– यदि तपाई बढ्दो मोटोपनाबाट हैरान हुनुहुन्छ र आफ्नो तौल घटाउन चाहनुहुन्छ भने तुरुन्तै आफ्नो आहारमा गुर्जोलाई समावेश गर्नुहोस्। गुर्जोमा एडिपोनेक्टिन र लेप्टिन पाइन्छ। यी तत्वहरूले शरीरको बोसो पगाल्न मद्दत गर्छ।

प्रतिरक्षा प्रणाली बलियो हुन्छ– गुर्जो प्रतिरक्षा प्रणाली बलियो बनाउन धेरै प्रभावकारी छ। गुर्जोले शरीरबाट खतरनाक विषाक्त एन्टिअक्सिडेन्टहरू निकालेर शरीरलाई स्वस्थ बनाउँछ।

मधुमेह नियन्त्रणमा राख्छ– मधुमेह वा रगतमा चिनीको समस्या भएकाहरूका लागि पनि गिलोयको सेवन लाभदायक हुन्छ । यस्ता व्यक्तिले हरेक बिहान खाली पेटमा गिलोयको जुस पिउन सक्छन् । यसले चिनीको मात्रा नियन्त्रणमा ल्याउँछ।

पेटको समस्या कम गर्छ– गुर्जोको सेवन पेट गडबडी हुने हरुका लागि निकै लाभदायक हुन्छ । अपच, एसिडिटी वा पेट दुख्ने समस्याबाट ग्रसित व्यक्तिले गिलो र काउलीको जुस मिसाएर पिउने गर्न सकिन्छ ।

तनाव नियन्त्रण– गुर्जोको नियमित सेवनले तनाव कम गर्छ। यसको सेवनले राम्रो निन्द्रा मात्र होइन तनावको स्तरलाई पनि धेरै हदसम्म नियन्त्रणमा ल्याउँछ। जसबाट चिन्तामुक्त जीवन जिउन सकिन्छ।

गुर्जो तुलसी, दुध, कागती लगायत अमिला वस्तुहरु गुर्जो सँगै मिसाएर नखानुहोस्, बैध्य वा यसको बारेमा राम्रो जानकारी राख्ने बिज्ञले मिसाउन अनुमती दिएका वाहेक अन्य वस्तुतरु मिलाउने इच्छा भएमा सल्लाहा लिनुहोला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *