धार्मिक स्थलमा युवतीको अश्लील फोटोसुटले हंगामा
काठमाडौं । धार्मिक स्थलमा युवतीको नग्न फोटोसुटलाई लिएर हंगामा मच्चिएको छ । युवतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । फोटोहरु देखेपछि जनताको रिस बढ्यो । प्रयोगकर्ताहरूले युवतीलाई कारबाही गर्न माग गर्न थाले। घटना इटालीको अमाल्फीस्थित सान्ट एन्ड्रिया क्याथेड्रल (चर्च)को हो।
फोटोशूट लिने युवती बेलायतकी हुन् । उनी सोसल मिडिया इन्फ्लुएन्सर र मोडल हुन् । उनको साथमा एक पुरुष फोटोग्राफर र एक महिला सहायक थिए। बेलायती मोडलले इटालीको चर्चको सिढीमा फोटोसुट गराएकी छिन् र भिडियो पनि बनाएकी छिन् ।
तस्बिरमा उनको शरीरमा रातो कपडा मात्रै देखिएको छ । फोटोग्राफरले फोटो खिचिरहेको बेला अर्की महिलाले कपडा सम्हाल्न मद्दत गरिरहेकी छिन्। यो नग्न तस्बिर सामाजिक सञ्जालमा आएसँगै मानिसहरु आक्रोशित भएका छन् । उनीहरूले सामाजिक सञ्जालमा प्रभाव पार्ने युवतीको आलोचना गर्दै कारबाहीको माग गरेका छन् ।
स्थानीय न्युज आउटलेट इल माटिनोका अनुसार बेलायती मोडलले यस विषयमा आफूलाई सम्झनाका लागि मात्रै फोटो खिचाइएको बताएकी छन् । उनको अरु कुनै मनसाय थिएन । भाइरल तस्बिर गत सोमबारका हुन् ।
तर, मोडलको फोटोसुट हुनुअघि नै प्रहरीले उनीहरुलाई रोकेको थियो । ‘सार्वजनिक स्थानमा अश्लील कार्य’ गरेको भन्दै गाली पनि गरिएको छ । फोटोसुटका लागि पनि अनुमति नलिइएको बताइएको छ ।
रिपोर्टका अनुसार मोडलको फोटोसुट करिब एक घण्टासम्म चल्ने थियो तर स्थानीयको गुनासोमा प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले बीचमै रोक्यो । गालीसँगै मोडललाई थप तस्विरहरु सेयर नगर्न चेतावनी दिइएको थियो ।
Facebook Comment