करोडपति मोडलको यस्तो सोख, कुकुरका सामान लिन ४ हजार किलोमिटर टाढा पुगिन् !
काठमाडौं । कुकुरलाई बाँध्ने पट्टी किन्न ४ हजार किलोमिटरको दुरी पार गरेकी एक महिला करोडपति चर्चामा छिन् । केवल २३ वर्षको उमेरमा उनी आफैं एक करोडपति बनिसकेकी छीन् । यी युवतीको नाम लिन्से डोनोभान हो । उनी अमेरिकाकी बासिन्दा हुन् । उनी मोडल हुन् र घरजग्गा व्यवसायसँग पनि आबद्ध छिन् ।
‘ट्रुली’ मा प्रकाशित रिपोर्ट अनुसार लिन्से आफ्नो कुकुरको लागि ‘लुइस भिटन कम्पनीको ब्लिङ कलर’ (कुकुरको पट्टा) लिन गएकी थिइन्। यसको मूल्य लगभग १ लाख ३० हजार रुपैयाँ छ। लिन्सेले यति सानो उमेरमा हासिल गरेको स्थान कमै मानिसले हासिल गर्न सक्छन् ।
भर्खरै उनी पाम बीच (फ्लोरिडा) बाट लस एन्जलस गएकी थिइन्, ताकि उनी यहाँ पुगेर आफ्नो सपनाको घर किन्न सकून्। ‘ट्रुली’सँगको कुराकानीमा लिन्सेले चकित पार्ने खुलासा गरेकी छिन् । उनले भनिन्- ‘म फ्लोरिडाबाट यहाँ (लस एन्जलस) मेरो कुकुरका लागि लुइस भिटन कम्पनीको पट्टीमा किन्न आएको हुँ।’ लिन्सेले जुन पसलबाट यो सामान किनेकी थिइन्, त्यहाँ उनले ४ लाख रुपैयाँ खर्च गरिन् ।
जब लिन्से लस एन्जलसमा आइपुगिन्, उनी सहरको सबैभन्दा ठूलो स्पा भएको पाँच-तारे होटलमा बसिन्। लिन्सेले आफ्नो साथीको घर देखेपछि लस एन्जलसमा बस्ने सपना देखेको बताइन् । उनको साथीको घरमा पानीमुनि ज्याकुजी, पोखरी जस्ता अत्याधुनिक सुविधाहरू छन्। त्यसबेलादेखि नै उनले मनमा यही सहरमा घर बनाउने निर्णय गरिन् ।
लिन्सीले आफूसँग सधैं पैसा नहुने बताइन् । उनले १४ वर्षकी हुँदा रेस्टुरेन्टमा काम गर्न थालेकी थिइन्, १७ वर्षको उमेरमा लाइभ स्ट्रिमिङ सुरु गरिन् । यसबाट उनले दिनमा करिब ५० हजार रुपैयाँ कमाइन् ।
Facebook Comment