थाहा पाउनुहोस् आजको राशिफल
काठमाडौं। आजको पात्रो : ८ कात्तिक २०७९, मंगलबार। आज अक्टुबर महिनाको २५ तारिक २०२२।
कार्तिकृष्णपक्ष अमावस्था, औँशी, यमपञ्चक तिहारको तेस्रो दिन गाई लक्ष्मीपूजा थियो। तर, आज सूर्यग्रहण परेको छ। त्यसैले हिजो साँझ लक्ष्मीपूजा गरियो भने गाईपूजा र गोबर्धन पूजा रहेको छ।
आज साँझ ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुन्छ भने १७ः२४ को समयमा सूर्यास्त हुनेछ । नेपालमा २४ मिनेट सर्वपर्व हुनेछ । त्यसका लागि ग्रहण शुरु हुनुभन्दा १२ घण्टा पहिलेदेखि सुतक लाग्ने गर्दछ। बालक, बृद्ध र विरामीहरु बाहेक अन्यको लागि भोजनादि निषेध छ । सूर्यग्रहण सकिएपछि भोलिपल्ट बिहान सूर्योदय भएपछि मात्र भोजन गर्ने गरिन्छ।
त्यसलाई निशी बार्ने भनिन्छ। जसका माता पिता दुवै जनाको मृत्यु भएको छ भने मात्र औँशीको दिन निशी बार्ने चलन छ । आज बिहान सूर्योदय ६ः१० मा भएको छ भने सूर्यास्त ५ः२६ मा हुनेछ । चित्रा नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा तुला राशिमा रहेको छ । आजका देवता यमराज र ग्रहदेव शनि रहेको छ । आजको दिन इष्टदेव, कुलदेवको स्मरण, ध्यान, जप, योगमा दिन विताउनु उत्तम हुनेछ ।
ग्रहणका विभिन्न दोषहरु हुन्छन । विभिन्न राशि भएका ब्यक्तिलाई, लाभ, हानी, कष्ट भनिए पनि सबैका लागि ग्रहणको प्रभाव नकारात्मक हुने गर्दछ । त्यसैले आजको दिन मौन रहनु, उत्तम हुन्छ । कुनै नयाँ काम र नयाँ कार्यलाई पनि निषेध गरिएको छ । कसैसँग पनि विवाद हुने कुरा र काम त गर्दै गर्नु हुँदैन । भगवननाम स्मरण नैं आजको दिनको सबैभन्दा ठूलो उपलब्धी हो ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक आय हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । कसैसँग विवाद नगर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुन सक्नेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन मिथुन राशिका जातकहरुले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामहरु समेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रहरु समेत तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । परिवारका सदस्यहरुबीच सुमधुरता बढ्ने छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन शुभ छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन समय त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ । चन्द्रमाको साथ रहेको छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
ब्यापारबाट लाभ हुनेछ । घरबाट बाहिर निस्कदा जेष्ठ श्रेष्ठ सदस्यलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमानचालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ । अध्ययन अध्यापनमा मन जानेछ ।
नोटः आजको दिन सबैले गणेशस्त्रोत, हनुमानचालिसा र अन्य स्त्रोतहरु पाठ गर्ने र सुन्ने कार्य गर्नु उत्तम हुनेछ । बालक, बृद्धको लागि भोजन लिएपछि पानी, खाना अन्य भोजनादिस्थलमा तुलसीपत्र राख्नु भन्ने मान्यता रहेको छ ।
Facebook Comment