मोउरिन्होलाई बर्खास्त गरेपछि युनाइटेडको लगातार ४ जित

डिसी नेपाल
१९ पुष २०७५ ४:५८

जारी इंग्लिस प्रिमियर लिगअन्तर्गत गए रातिको खेलमा म्यानचेष्टर युनाइटेडले जित निकालेको छ । आफ्नो २१ औं खेल खेलेको युनाइटेडले न्यूकासललाई २–० ले हराएको हो ।

न्यूकासको मैदानमा भएको सो खेलमा युनाइटेडलाई जिताउन रोमेलु लुकाकु र मार्कुस राष्फोर्डले समान एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा दुवै गोल गर्यो ।

दोस्रो हाफको ६४ औं मिनेटमा लुकाकुले गोल गरे भने ८० औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण ३ अंक दिलाए ।

यससँगै युनाइटेडले लगातार चौथो जित निकाल्दै ३८ अंक बनाएको । उसले २१ खेल खेल्दा ११ खेलमा जित, ५ खेलमा बराबरी र ५ खेलमा जित निकालेको छ । उसले नवनियुक्त केयर टेकर प्रशिक्षकको नेतृत्वमा उत्कृष्ट प्रर्दशन गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *