रोहित शर्माले तोडे युवराज सिंहको कीर्तिमान
काठमाडौं । भारतीय कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकपको इतिहासमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय खेलाडी युवराज सिंहको कीर्तिमान तोडेका छन् ।
बिहीबार सिड्नीमा नेदरल्याण्ड्सविरुद्धको खेलमा रोहित शर्माले यो कीर्तिमान तोडेका हुन् । खेलमा तीन छक्का लगाएसँगै रोहितले टी–२० विश्वकपमा आफ्नो छक्काको संख्या ३४ पुर्याएका छन् । यसअघि युवराज सिंहको नाममा ३३ छक्का थियो ।
खेलमा पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि भारतको सुरुवात राम्रो हुन सकेन । भारतका उपकप्तान केएल राहुल दोस्रो ओभरमा नै आउट भए भने रोहित र विराट कोहली क्रिजमा रहे । रोहित शर्माले ३९ बलमा ५३ रन बनाए ।
प्रतिक्रिया
Facebook Comment