टी-२० विश्वकपः नेदरल्याण्ड्समाथि पाकिस्तानको सहज जित

डिसी नेपाल
१३ कार्तिक २०७९ १६:५१

काठमाडौं । टी-२० विश्वकप अन्तर्गतको खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि सहज जित निकालेको छ ।अस्ट्रेलियाको पर्थ स्टेडियममा आज भएको खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कोलिन एकरम्यान र स्कट एडवर्ड्सले १५ रन बनाएर सर्वाधिक २७ रन बनाए ।

पाकिस्तानका लागि सादाब खानले ३, मोहम्मद वासिमले २ तथा शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रउफले एक एक विकेट लिए । बलिङतर्फ शादब खानले सर्वाधिक ३ विकेट लिँदा मोहम्मद वसीमले २ तथा शाहीन शाह अफ्रीदी, नसीम शाह र हरिस रउफले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १३.५ ओभरमा ४ विकेटको नोक्सानीमा जित निकालेको हो ।पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाउँदा फकर जमानले २० तथा सान मसुदले १२ रन बनाए। बलिङतर्फ नेदरल्याण्ड्सका ब्रान्डोन ग्लोबरले सर्बाधिक २ बिकेट लिए भने पउल भान मीकेरेनले १ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *