ब्रस गर्नुअघि खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदाहरू

डिसी नेपाल
१४ कार्तिक २०७९ १०:११

काठमाडौं । बिहान खाली पेटमा पानी पिउनाले शरीरका सबै विषाक्त तत्वहरु बाहिर निस्कन्छ भन्ने कुरा तपाईले घरका ठूला–ठूलाहरुबाट सुन्नु भएको होला । यसका साथै हाइड्रेटेड रहनका लागि पानी पिउनु निकै महत्वपूर्ण हुन्छ ।

आवश्यकताभन्दा कम पानी पिउँदा पेट तथा छालाको समस्या हुन सक्छ । एक दिनमा १० देखि १२ गिलास पानी पिउनुपर्ने चिकित्सकहरू बताउँछन् । साथै, कतिपयले बिहान ब्रस नगरी पानी पिउनु बढी फाइदाजनक हुने विश्वास पनि गर्छन् ।

के ब्रस नगरी पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ ? बिहान ब्रस नगरी पानी पिउनु स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक हुने गर्दछ । ब्रस गर्नुअघि पानी पिउनुभयो भने मुखमा ब्याक्टेरिया जम्मा हुँदैन । मुखमा हुने कीटाणु र ब्याक्टेरिया राति बढ्छ, यदि तपाईंले बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने तपाईंको मुख कीटाणुमुक्त हुन्छ र त्यसपछि ब्रस गर्नु बढी फाइदाजनक हुन्छ ।

ब्रस गर्नुअघि पानी पिउनुका फाइदाहरू:

–बिहान ब्रस गर्नुअघि पानी पिउनाले पाचन प्रणालीलाई मजबुत बनाउँछ भन्ने मानिसहरुको विश्वास छ । यसबाहेक मुखमा ब्याक्टेरिया जम्मा हुँदैन ।

–यदि तपाईलाई उच्च रक्तचाप र मधुमेह छ भने तपाईले बिहान पानी पिउनुपर्छ । यसका साथै बिहान खाली पेट ब्रस नगरी पानी पिउनाले पनि मोटोपना कम हुन्छ ।

–चाँडै चिसो लाग्नेहरूले बिहान खाली पेटमा ब्रस नगरी पानी पिउँदा फाइदा हुने गर्दछ ।

–ब्रस नगरी पानी पिउनाले कपाल बलियो र चम्किलो हुन्छ र छालामा पनि चमक रहन्छ । यसबाहेक कब्जियत, मुखमा अल्सर, काँचो डकार लाग्ने जस्ता पेटसँग सम्बन्धित समस्या हुँदैन ।

–बिहान मुख सुख्खा हुने समस्याका कारण बिहान उठेर पानी पिउनाले सास गन्हाउने समस्याबाट बच्न सकिन्छ । मुख सुख्खा हुने समस्या र्‍याल उत्पादन कम हुँदा हुन्छ । मुखमा रहेको ब्याक्टेरिया हटाउन र्‍याल आवश्यक हुन्छ तर सुत्ने बेलामा र्‍यालको मात्रा कम हुँदा मुखमा ब्याक्टेरिया बढ्छ, जसका कारण मुखबाट दुर्गन्ध आउँछ, त्यसैले बिहान ब्रस गर्नुअघि पानी पिउनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *