गृहजिल्ला पुगेका देउवाको स्वागतमा उर्लियो जनसागर (फोटोफिचर)

डिसी नेपाल
१७ कार्तिक २०७९ १५:३०

काठमाडाैं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरामा भव्य स्वागत भएको छ ।

प्रतिनिधिसभा सदस्यको उम्मेद्वार भएपछि पहिलो पटक गृहजिल्ला पुगेका देउवालाई स्थानीयहरुले भव्यरुपमा स्वागत गरेका हुन् ।

देउवाको उम्मेद्वारी दर्ता समेत पत्नी आरजु देउवा राणाले गरेकी थिइन् ।

चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई स्वागत गर्न उनकै प्रतिस्पर्धी सागर ढकाल माला लिएर लाइनमा बसेका थिए । ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले उनीविरुद्ध उम्मेदवारी दिएको बताउदै आएका थिए ।

देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल उनकै स्वागतमा फुलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले आफूले देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न लाइनमा बसेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री देउवा चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ । उनी २० कात्तिकमा काठमाडौं फर्कने छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *