बाजुरामा जीप दुर्घटना, नौ जना घाइते

डिसी नेपाल
१७ कार्तिक २०७९ २१:०१

धनगढी । बाजुरामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

कोल्टीबाट मार्तडी जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००५७ नम्बरको जीप बुढीनन्दा नगरपालिका-५ तारुखोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा नौ जना यात्रु घाइते भएको कोल्टीबाट पत्रकार शर्पलाल गिरीले जानकारी दिए । घाइते हुनेमा बुढीनन्दा नगरपालिका वडा नम्बर १० की ३५ वर्षीया सुकिली बोहरा, वडा नम्बर–९ का २७ वर्षीय हिक्मत सार्की, वडा नम्बर ६ की ३५ वर्षीया पेमा लामा, वडा नम्बर ४ की ३५ वर्षीया सुलोचना जैशी, जगन्नाथ गाँउपालिका–४ का ३५ वर्षका राजु भण्डारी र ६० वर्षीय वृद्ध पदमबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते नौ जनामध्ये सुकिली बोहराको अवस्था गम्भीर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *