उडिरहेको विमानमा महिलाले बच्चा जन्माइन्, बच्चाको नागरिकताबारे अलमल !
काठमाडौं । दुई देशबीच यात्रा गर्दै गरेकी एक महिलाले ३६ हजार फिटको उचाइमा बच्चा जन्माएकी छन् । विमान उडेको ३० मिनेटपछि महिलालाई सुत्केरी व्यथा लाग्न थाल्यो । त्यसपछि यात्रु र चालक दलको सहयोगमा महिलाले विमानमै बच्चालाई जन्म दिइन् ।
२१ वर्षीया केन्ड्रा रोडेनलाई ३२ हप्ताको गर्भवती भए पनि डाक्टरहरूले उडान गर्न अनुमति दिएका थिए। किनकी उनको डेलीभरी हुन करिब एक महिना बाँकी थियो । उनी बहिनीसँग अमेरिकाबाट डोमिनिकन रिपब्लिक जाँदै थिइन् ।
३६ हजार फिटको उचाइमा रहेको बेला केन्ड्रालाई सुत्केरी व्यथा लाग्यो । यसपछि सहयात्री र विमान चालक दलले केन्ड्रालाई डेलिभरीमा सहयोग गरे। यसपछि केन्ड्राले स्काइलेनलाई जन्म दिइन् ।
डोमिनिकन गणतन्त्र आइपुगेपछि केन्ड्रा दूतावासमा गएर बच्चाको नागरिकताको बारेमा सोधपुछ गरिन् । किनकी उनी विमानमा जन्मिएकाले बच्चाको नागरिकतामा समस्या हुन सक्ने महसुस गरेकी थिइन् । तर त्यसपछि दूतावासले स्काइलेन अमेरिकी नागरिक भएको स्पष्ट पारेको थियो । उनकी आमा हार्टफोर्ड, कनेक्टिकटकी निवासी हुन्।
उडानमै बच्चा जन्माउँदाको अनुभव बताउँदै केन्ड्राले सुरुमा पेट दुख्ने समस्या भएको बताइन् । उनी अमेरिकन एयरलाइन्सको विमानमा यात्रा गरिरहेकी थिइन् । केन्ड्रा पेशाले स्वास्थ्यकर्मी हुन् । उनले भनिन्- विमान उडेको ३४ मिनेटपछि प्रसूति पीडा हुन थाल्यो । केबिन क्रुले मलाई धेरै सहयोग गरे।
केन्ड्राले भनिन्- मलाई यति मात्र याद छ कि मानिसहरूले मेरो भिडियो बनाइरहेका थिए। र जब म विमानबाट बाहिर निस्कदै थिए, मानिसहरूले मलाई बधाई दिइरहेका थिए।
के्ड्राकी बहिनी केन्डली रोडेनले भिडियो साझा गरिन् । केन्डलीले भनिन्- उनले प्रसव पीडा सुरु भएको बताइन् । अनि म छक्क परें। केन्डलीले भनिन्- मेरी दिदीलाई सहयोग गर्न चार जना यात्रु आए। उनलाई विमानको पछाडि लगियो। २० मिनेट पछि, बच्चाको जन्म विमानमा घोषणा गरियो। जन्मेपछि बच्चालाई ४ दिनसम्म आईसीयूमा राखिएको थियो ।
जन्मिएपछि केन्ड्रालाई बच्चाको नागरिकताबारे अन्योल थियो । त्यसैले अस्पतालबाट निस्किएलगत्तै उनी समस्या समाधान गर्न अमेरिकी दूतावास पुगेकी थिइन् । दूतावासले स्काइलेन अमेरिकी नागरिक भएको स्पष्ट पारेको छ ।
Facebook Comment