भूकम्पले डोटीको गैरागाउँमा पुर्याएको क्षति (फोटोफिचर)

डोटी । बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको ६.६ म्याग्निच्युडको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले पूर्वी चौरमा ठूलो क्षति पुर्याएको छ ।
मङ्गलबार राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएको थियो ।
तस्बिरः गणेशबहादुर मौनी\रासस
प्रतिक्रिया
Facebook Comment