क्रिकेटर गुणातिलकामाथि के आरोप लगाइयो ? यौनका लागि सहमत महिला बलात्कृत कसरी भइन् ?

डिसी नेपाल
२४ कार्तिक २०७९ १०:४६

काठमाडौं । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलकामाथि अस्ट्रेलियामा भएको टी–२० विश्वकपको दौरान बलात्कार गरेको आरोप लागेको छ । अदालतमा पेश गरिएको कागजातमा क्रिकेटरले महिलाको मुख यति बलियोसँग थिचेको आरोप छ कि उनको ज्यान गुम्ने डर थियो।

३१ वर्षीय क्रिकेटरमाथि महिलासँग यौनसम्पर्कका क्रममा कण्डम निकालेको आरोप पनि लागेको छ । अनुसन्धानका क्रममा श्रीलंकाका क्रिकेटर दानुष्का गुणातिलकाले प्रहरीसामु महिलासँग कुनै पनि हिंसा भएको अस्वीकार गर्दै महिलाको सहमति भएको बताएका थिए ।

प्रहरीले क्रिकेटरले देश छाड्न सक्ने भएकाले जमानत दिन नहुने अदालतमा भनेको थियो, त्यसपछि अदालतले धरौटी दिन अस्वीकार गरेको थियो । प्रहरीले अदालतमा दिएको तथ्यका अनुसार क्रिकेटर गुणातिलका र २९ वर्षीय उजुरीकर्ताबीच अक्टोबर २९ मा डेटिङ एप टिन्डरमा भेट भएको थियो ।

कागजातका अनुसार उनीहरूले नोभेम्बर २ मा सिड्नीमा भेट्ने सहमति जनाएका थिए। उजुरीकर्ताको घर फर्कनुअघि दुवै जना रक्सी र खाना खान गएका थिए । त्यहाँ क्रिकेटर गुणातिलकामाथि एक महिलासँग जबरजस्ती यौनसम्पर्क गरेको आरोप लागेको छ ।

रिपोर्ट अनुसार महिलालाई निसास्सिने अवस्थामा पुर्याउने तीन पटक प्रयास गरिएको थियो, जसमा उनी ३० सेकेन्डसम्म निसास्सिएकी थिइन् । महिलालाई मृत्युको डरले उनी भाग्न नसकेको प्रहरीले आरोप लगाएको छ । कागजातहरूले कथित हमलाको क्रममा महिलाले भुइँमा कन्डम पनि देखेको बताए। ती महिलाले क्रिकेटरलाई कण्डम लगाउन भनेकी थिइन् ।

प्रहरीले ती महिलाले क्रिकेटरलाई कण्डमविना यौनसम्पर्क गर्न वा मुख थुनेर यौनसम्पर्क गर्न सहमति नदिएको बताएको छ । प्रहरीका अनुसार घटनाको भोलिपल्ट महिलाले दुई साथीलाई घटनाको बारेमा बताइन्, एक परामर्श सेवासँग कुरा गरिन् र पुलिसलाई सम्पर्क गर्नु अघि डाक्टरलाई देखाइन्।

घटनापछि अस्पतालमा यौन दुर्व्यवहारको आरोपमा महिलाको फरेन्सिक परीक्षण गरिएको थियो र निसास्सिएर भित्री चोट लागेकोबारे पत्ता लगाउन महिलाको मस्तिष्क स्क्यान गरिएको थियो।

अदालतको कागजातमा प्रहरीले क्रिकेटर दानुष्का गुणातिलकाले कुनै पनि हिंसालाई अस्वीकार गरेको र उनीहरुले सहमतिमा यौन सम्पर्क गरेको बताएको बताएको छ । तर जब अनुसन्धानकर्ताहरूले वार्तालापमा सहमति उल्लेख गरिएको थियो भनेर सोध्दा क्रिकेटरले केहि याद गर्न सकेनन्।

न्यु साउथ वेल्सको नयाँ “सकारात्मक सहमति” कानून अन्तर्गत एक व्यक्तिले यौनका लागि सहमत भएको कुरा बोलेर वा केही गरेर सञ्चार गर्न आवश्यक छ।

जुनमा लागू गरिएको सुधारका अनुसार यौनसम्पर्क गर्दा बिना सहमति कण्डम हटाउनु पनि यौन दुर्व्यवहार अपराधको श्रेणीमा परेको छ ।

यो घटनापछि श्रीलंका क्रिकेटले दानुष्का गुणातिलकालाई सबै प्रकारका क्रिकेटबाट निलम्बन गर्दै घटनाको छानबिन गर्न आफ्नै प्यानल नियुक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *