विश्वकपको फाइनलमा पुगेपछि पाकिस्तानी कप्तान बाबर आजमले के भने ?

डिसी नेपाल
२४ कार्तिक २०७९ ११:०३

काठमाडौं । टी–२० विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएपछि पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले अब आफ्नो ध्यान फाइनलमा रहेको बताएका छन् ।

खेलपछि उनले भने, ‘टोलीले निकै राम्रो खेल्यो । भीडका कारण घरमै खेलिरहेको जस्तो लाग्यो ।’

बाबर आजमले भने, ‘शाहीनले राम्रो सुरुवात गरे, त्यसपछि शादाब र नवाजले राम्रो बलिङ गरे । रिजवान र मैले पहिलो ६ ओभरमा आक्रामक खेल्ने निर्णय गरेका थियौं।

उनले ह्यारिस युवा खेलाडी भएको र धेरै आत्मविश्वासका साथ खेल्ने बताए । उनले भने – हामी यो क्षणको मजा लिइरहेका छौं। फाइनलमा कुन टोलीसँग भिड्ने हो थाहा छैन तर अहिले हाम्रो ध्यान फाइनलमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *