‘पाकिस्तानले विश्वकप जित्यो भने बाबर आजम प्रधानमन्त्री हुनेछन्’

डिसी नेपाल
२४ कार्तिक २०७९ १४:४६

काठमाडौं । पाकिस्तानका धेरै फ्यानहरू हालको ट्वान्टी-२० विश्वकप र १९९२ को एकदिवसीय विश्वकप बीचको समानता खोजिरहेका छन्। सन् १९९२ मा इमरान खानको नेतृत्वमा रहेको पाकिस्तानी टोली प्रतियोगिताबाट बाहिरिने संघारमा थियो र त्यहाँबाट उत्कृष्ट खेल देखाउँदै च्याम्पियन बनेको थियो ।

बाबर आजमको नेतृत्वमा खेलिरहेको वर्तमान टोलीले पनि लगभग सोही अवस्थाबाट मुक्त भएर फाइनलमा स्थान बनाएको छ । अहिले पाकिस्तानी टिमका फ्यानहरुले उनीहरूले विश्वकप जितेको दाबी गरिरहेका छन् । जसमा पाकिस्तानका धेरै पूर्व खेलाडी र क्रिकेट विज्ञहरू सामेल छन्।

भारतका पूर्व कप्तान सुनिल गावस्करले बिहीबार यसलाई खिल्ली उडाउँदै भने, ‘यदि पाकिस्तानले विश्वकप जित्यो भने २०४० मा बाबर आजम पाकिस्तानको प्रधानमन्त्री हुनेछन् ।

गावस्कर अहिले विश्वकप प्रसारण गर्ने च्यानलको कमेन्ट्री गरिरहेका छन् । बिहीबार एडिलेडमा हुने भारत र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनलअघि उनले यो पिन्च लिएका हुन् । यो खेल जित्ने टोलीले नोभेम्बर १३ मा हुने फाइनल खेलमा पाकिस्तानको सामना गर्नेछ ।

तथ्य के हो भने सन् १९९२ मा विश्वकप जित्ने टोलीका कप्तान इमरान खान २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

चाखलाग्दो कुरा के छ भने सन् १९९२ मा सबै विज्ञहरूले पाकिस्तानी टोली टूर्नामेंटबाट बाहिरिने घोषणा गरिरहेका बेला गावस्करले इमरान खानको टोलीले कप जित्ने भविष्यवाणी गरेका थिए । पछि च्याम्पियन टोलीको सम्मानमा सुनिल गावस्करलाई पनि पाकिस्तान बोलाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *