बिना कपडा होटलमा घुमिरहेकी सेलिब्रेटी पक्राउ

डिसी नेपाल
२४ कार्तिक २०७९ १५:१५

काठमाडौं । होटलको स्विमिङपुल क्षेत्रमा कपडा नलगाएर हिँडेको आरोपमा एक सामाजिक सञ्जाल सेलिब्रेटी पक्राउ परेका छन् । उनीमाथि प्रहरीमाथि हातपात र होटलमा गुण्डागर्दी गरेको आरोप पनि लागेको छ ।

२६ वर्षीया निकिता ड्रेगुन ट्रान्सजेन्डर हुन् । उनी आफ्नो ट्रान्जिसन, मेकअप र स्टाइलसँग सम्बन्धित सामग्री सेयर गरेर सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन्। निकिताका युट्युब, इन्स्टाग्राम र टिकटकमा लगभग २७ मिलियन फलोअर्स छन् । निकिता ड्रागन अमेरिकाको मियामीबाट पक्राउ परेकी छन् । निकिताको गिरफ्तारीमा उनका प्रतिनिधिबाट कुनै प्रतिक्रिया आएको छैन ।

गत हप्ता, निकिताले आफ्नो मियामीको फोटो र भिडियो साझा गरेकी थिइन्। उनी मियामी बीचको द गुडटाइम होटलमा पनि देखिएकी थिइन्। निकिताविरुद्ध नोभेम्बर ७ गते साँझ ६ बजे उजुरी परेको गिरफ्तारी शपथपत्रमा उल्लेख छ । त्यसपछि प्रहरी घटनाको अनुसन्धान गर्न पुग्यो ।

होटल सेक्युरिटीले प्रहरीलाई निकिताले निकै गडबडी गरिरहेको बताएको शपथपत्रमा उल्लेख छ । उनले होटललाई अस्तव्यस्त बनाएकी थिइन् । उनी पोखरी क्षेत्रमा लुगाविना हिँडिरहेको देखिएकी थिइन् । त्यसो गर्नबाट रोकेपछि उनले होटलका कर्मचारीमाथि पानी हानिन् ।

उजुरीपछि प्रहरी निकिताको कोठामा गएपछि त्यहाँ ठूलो स्वरमा गीत बजिरहेको थियो । ढोका ढकढकाएर निकिता बाहिर आइन् । त्यहाँ उपस्थित मियामी बीचका प्रहरी अधिकारी र होटल सुरक्षाकर्मीले निकितालाई होटल छोड्नुपर्ने बताए । त्यसपछि निकिताले ढोका बन्द गरिन् । केही समयपछि निकिताले फेरि ढोका खोलिन् र प्रहरी र होटलका कर्मचारीमाथि पानी हानेकी थिइन् । यसै क्रममा निकिताले हास्यास्पद कुरा पनि गरिन् ।

निकितालाई गुण्डागर्दीसहित तीन मुद्दामा अभियुक्त बनाइएको छ । पक्राउपछि प्रहरीले निकितालाई टर्नर गिलफोर्ड नाइट सुधार केन्द्रमा पठाएको थियो । अब उनले जमानतका लागि करिब १.६ लाख रुपैयाँ तिर्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *