टी–२० विश्वकपः भारतले इंग्ल्यान्डलाई दियो १ सय ६९ रनको चुनौती
काठमाडौं । टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।
अस्ट्रेलियाको एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए । साथै, विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले भने कप्तान रोहित शर्माले २७ रन मात्र जोड्न सके ।
यस्तै सूर्यकुमार यादव १४ रनमा आउट भए भने ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट पबिलियन फर्किए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए भने क्रिस वोक्स र आदील राशिदले समान १ १ विकेट लिए ।
प्रतिक्रिया
Facebook Comment