लज्जास्पद हार व्यहोर्दै विश्वकपबाट बाहिरियो भारत

डिसी नेपाल
२४ कार्तिक २०७९ १६:५८

काठमाडौं । टी–२० विश्वकप क्रिकेटबाट भारत बाहिरिएको छ ।

अष्ट्रेलियाको एडिलेट ओभलमा आज भएको दोस्रो सेमिफाइनलमा भारत इंग्ल्यान्डसँग १० विकेटले पराजित भएसँगै विश्वकपको यस संस्करणबाट बाहिरिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले इंग्ल्यान्डसामू १ सय ६९ रन लक्ष्य प्रस्तुत गरेको थियो । भारतले दिएको लक्ष्यलाई इंग्ल्याण्डले १६औं ओभरमा बिनाकुनै नोक्सानी पुरा गर्यो ।

इंग्ल्याण्डको जितमा एलेक्स हेल्सले अविजित सर्वाधिक ८६ रनको योगदान दिए । साथै, जोस वटलरले ८० को पारि खेले ।

भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए । साथै, विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले भने कप्तान रोहित शर्माले २७ रन मात्र जोड्न सके ।

यस्तै सूर्यकुमार यादव १४ रनमा आउट भए भने ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट पबिलियन फर्किए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए भने क्रिस वोक्स र आदील राशिदले समान १/१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *