टि-२० विश्वकपको ‘मोस्ट भ्यालुएबल टिम’ घोषणा, ६ देशका खेलाडीले स्थान पाए

डिसी नेपाल
२८ कार्तिक २०७९ ११:१४

काठमाडौं । टी–२० विश्वकपपछि आईसीसीले आफ्नो ‘मोस्ट भ्यालुएबल टिम’ घोषणा गरेको छ । आईसीसीले विभिन्न ६ देशको टोलीका ११ खेलाडीलाई ‘मोस्ट भ्यालुएबल टिम’ मा समावेश गरेको छ ।

यो टोलीमा टी–२० विश्वकप विजेता इंग्ल्यान्ड, उपविजेता पाकिस्तान, भारत, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र जिम्बाब्वेका खेलाडीलाई समावेश गरिएको छ ।

यस टोलीका खेलाडीहरू प्रतियोगितामा उनीहरूको प्रदर्शनको आधारमा छनोट गरिन्छ। यस लिस्टमा हार्दिक भारतका पाण्ड्यालाई पनि १२ नम्बरमा राखिएको छ ।

मोस्ट भ्यालुएबल टिमको ओपनरमा इङ्ल्याण्डका ओपनर जोस बटलर र एलेक्स हेल्स परेका छन् । बटलरले विकेटकिपरको भूमुका पनि पाएका छन् । ३ नम्बरमा भारतका विराट कोहली र ४ नम्बरमा भारतकै सूर्यकुमार यादवले स्थान पाएका छन् ।

५ नम्बरमा न्युजिल्याण्डका ग्लेन फिलिप्सलाई स्थान दिइएको छ । उनले यो विश्वकपमा शतक पनि बनाएका थिए । ६ नम्बरमा जिम्बाब्वेका सिकन्दर राजा, ७ नम्बरमा पाकिस्तानका शदाब खान, ८ नम्बरमा इङ्ल्याण्डका साम करेन, ९ नम्बरमा दक्षिण अफ्रिकाका एनरिक नोर्त्या, १० नम्बरमा इङ्ल्याणडका मार्क वुड र ११ नम्बरमा पाकिस्तानका शाहीन शाह आफ्रिदीले स्थान पाएका छन् ।

भारतीय ब्याट्सम्यान विराट कोहली टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । पूर्व भारतीय कप्तानले यो वर्ष प्रतियोगिताका ६ खेलमा २९६ रन बनाएका थिए ।

विराट कोहलीको औसत ९८.६७ छ। टी–२० विश्वकपमा विराट कोहलीले सर्वाधिक रन बनाउने यो दोस्रो पटक हो ।

यसअघि उनले २०१४ को टी–२० विश्वकपमा सर्वाधिक रन बनाएका थिए । सन् २०१४ मा कोहलीले ६ खेलमा ३१९ रन बनाए र उनको औसत १०६.३३ थियो।

तर, सन् २०१४ मा टी–२० विश्वकपको फाइनल खेलमा भारतीय टोली श्रीलंकासँग पराजित भएको थियो ।

विराट कोहली आईसीसी टी–२० विश्वकपको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

उनले श्रीलंकाका पूर्व कप्तान महेला जयवर्धनेको १०१६ रनको कीर्तिमान तोडेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *