धनगढी प्रिमियर लिगमा पाए ६ जना खेलाडीले २ लाख ५० हजार मुल्य
काठमाडौं । धनगढी प्रिमियर लिग डिपिएलका लागि ६ जना खेलाडीले अधिकतम मूल्य पाएका छन्।
भिम सार्की, पवन शर्राफ, मोहम्मद आरिफ शेख, ललित भण्डारी, ललितनारायण राजबंशी र विनोद भण्डारीले अधिकतम दुई लाख ५० हजार मूल्य पाएका हुन् । ललित राजवंशीलाई काठमाण्डौं गोल्डेन्स, पवनलाई धनगढी स्टार्स, र आरिफलाई महेन्द्रनगर यूनाईटेडले खरिद गरेको हो।
रुपन्देही च्यालेन्जर्सले ३ जना खेलाडीलाई अधिकतम् मूल्य तिरेको छ। ललित भण्डारीसँगै विनोद र भिम सार्की रुपन्देहीका लागि दुई लाख ५० हजारमा बिकेका हुन्। त्यसपछि महंगो मूल्य पाउने खेलाडीहरुमा प्रदीप ऐरी रुपन्देही दुई लाख ४० हजार, रोहीत कुमार पौडेल महेन्द्रनगर दुई लाख ३० हजार,सन्दीप जोरा दुई लाख ३० हजार, तथा भुवन कार्कीलाई दुई लाख १० हजार सिवाईसी अत्तरीयाका लागि बिकेका छन्।
यस्तैगरी धनगढीले सुनील धमला र अमित श्रेष्ठलाई एक लाख ८० हजार, विराटनगरले मोहम्मद आशिफ शेखलाई एक लाख ८० हजार, कुशल भुर्तेललाई १ लाख ६० हजारमा भित्र्याएको छ। धनगढीले सौरभ खनाललाई एक लाख ६० हजार, काठमाण्डौंले रासिद खान र अनिल कुमार साहलाई एक लाख ७० हजार, विक्रम कुमार भुसाललाई एक लाख ६० हजार तिरेको छ भने महेन्द्रनगरले अविनाश बोहोरालाई १ लाख ७० हजार, अमर सिंह रौतेलालाई एक लाख २० हजार तथा रुपन्देहीले सन्दीप सुनारलाई एक लाख १० हहजार तिरेर किनेको छ। यसपटक खुल्ला रुपमा अक्सन गरिएको हो।
लोकल ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडी क्लोज लिस्टबाट छनोट गरिएको छ अक्सनका लागि न्युनतम ३० हजार देखि दुई लाख ५० हजारसम्म मूल्य राखेर २ सय ५ खेलाडीले नाम दर्ता गराएका थिए। टी–ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । प्रतियोगिता आगामी माघ २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीमा हुनेछ।
Facebook Comment