एमालेका पोखरेललाई १४ सय मतले पछि पार्दै अघि बढे रवि
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ५ हजार ७ सय ९८ मत प्राप्त गरेका छन् । उनले एमालेका पोखरेललाई १४ सय ५ मतले पछि पारेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेल ४ हजार ३ सय ९३ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । यस क्षेत्रमा कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ८ सय ५३ मतसहित तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया
Facebook Comment