बंगलादेश प्रिमियर लिग: सन्दिपले ४ ओभरमा १६ रन दिँदै २ विकेट लिए

डिसी नेपाल
२२ पुष २०७५ ९:५०

काठमाडौं। बंगलादेश प्रिमियर लिगमा पनि नेपाली खेलाडी सन्दिप लामिछानेले विकेट लिने क्रम जारी राखेका छन् । आज पहिलो खेलका लागि मैदानमा उत्रिएका सन्दिपले निकै किफायती बलिङ गर्दै २ विकेट लिए । सन्दिपले पाकिस्तानी स्टार अलराउण्डर शोएब मलिक र बंगलादेशका विकेटकिपर ब्याट्सम्यान अनामुल हकको विकेट लिए । आफ्नो तेस्रो ओभरको अन्तिम बलमा सन्दिपले शोएबलाई शब्बीर रहमानको हातबाट क्याच आउट गराएका हुन् ।

त्यस्तै सन्दिपले अन्तिम ओभरको दोस्रो बलमा अनामुल हकलाई बोल्ड गरे । त्यसपछि बाँकी ४ बलमा पाकिस्तानी स्टार शाहिद आफरिदीलाई एक रन पनि लिन दिएनन् । टस हारेर पहिले ब्याटिङ गरेको सन्दिप आबद्ध टिम सिलेट सिक्सर्सले निर्धारित २० ओभरमा १२७ रन बनाएको छ । १२८ रनको लक्ष्य पच्छ्याएको कोमिला भिक्टोरियन्सले अहिले ब्याटिङ गरिरहेको छ । सन्दिपले आफ्नो ४ ओभरमा २ विकेट लिँदै मात्रै १६ रन खर्चिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *