ब्राजिलियन स्टार नेयमार घाइते, आगामी दुई खेलबाट बाहिर

डिसी नेपाल
१० मंसिर २०७९ ११:५३

काठमाडौं । ब्राजिल टोलीका चिकित्सकका अनुसार टोलीका स्टार खेलाडी नेयमार दाहिने खुट्टामा चोट लागेका कारण आगामी दुई खेलबाट बाहिरिएका छन् ।

यसको मतलब नेयमारले कतार विश्वकपमा समूह चरणका कुनै पनि खेल खेल्न पाउने छैनन् । सर्बियाविरुद्धको खेलको ८० औं मिनेटमा ३० वर्षीय नेयमार घाइते भएका थिए ।

नेयमारको खुट्टाको उपचार भइरहेको बेला उनले अनुहार छोपेका थिए । खुट्टा सुन्निएको देखिन्थ्यो । यसैबीच ब्राजिलका अर्का खेलाडी डानिलो पनि खुट्टाको चोटका कारण आगामी दुई खेल खेल्न नसक्ने भएका छन् ।

टोलीका चिकित्सकका अनुसार दुवै खेलाडीको लिगामेन्टमा चोट लागेको छ । दुवै खेलाडीलाई आराम दिएर टोलीका आगामी महत्वपूर्ण खेल खेल्नका लागि चोटबाट निको हुने मौका दिइएको छ ।

नेयमारको दाहिने खुट्टामा पछिल्ला केही वर्षयता पटकपटक चोट लागेको छ । लिगामेन्टको चोटका कारण नेयमारले २०१९ कोपा अमेरिका कप पनि खेल्न पाएनन् । यस्तै एउटा चोटका कारण उनी २०२१ मा पनि केही साता टिम बाहिर थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *