घरमै बनाउनुहोस् गाजल, बचाउँछ आँखाको संक्रमणबाट
काठमाडौं। गाजल महिलाहरुका लागि मेकअप किटको सबभन्दा महत्वपुर्ण चिज हो । हजुरआमा वा आमाको पालामा घरमै राम्रो काजल तयार गर्दथे । जसलाई लगाउँदा सौन्दर्य मात्र निखार्दैन थियो यसले आँखाको सानातिना समस्याबाट पनि छुटकारा पाउने गर्थे । गाजलले राम्रो मात्र नभएर रोगको समेत उपचार गर्छ । मोबाइल, कम्प्युटरको लगातार प्रयोग गर्दा हुने आँखाको समस्यालाई हटाउन गाजलले सहयोग गर्छ ।
बजारबाट किन्ने केमिकलयुक्त काजलले आँखा पोल्ने दुख्ने जस्ता समस्या निम्त्याउँछ । यस्तो अवस्थामा घरमै काजल तयार गर्न सकिन्छ । आज पनि धेरै घरमा नवजात शिशुका लागि गाजल घरमै बनाइन्छ । जुन घ्यू र बदामको आयुर्वेदिक विधिबाट बनाइन्छ।
आजकाल पहिलाको घरेलु गाजल भन्दा पनि बजारमा पाइने विभिन्न प्रकारको गाजलको प्रयोग गर्ने गरिन्छ । यसबाट आँखामा संक्रमण हुने खतरा बढिरहेको छ । त्यसैले घरमा नै पुरानो शैलीको गाजल प्रयोग गर्नुहोस् । आज हामी आमा, हजुरआमाले बनाउनु हुने गाजल बनाउने सजिलो विधि बताउँदैछौं ।
घरमा काजल कसरी बनाउने:
घरमा काजल बनाउने यो विधि सदियौं पुरानो हो । जुन हामीले हजुरआमाको पालादेखि देख्दै आएका छौं । काजल बनाउन शुद्ध घ्यूको बत्ती बालेर यस बत्तीको कालोलाई तामा वा माटोको थालमा जम्मा गरिन्छ। यसका लागि बत्ती बालेर बत्तीको छेउमा दुईवटा अग्लो भाँडाहरू राखेर बत्तीको माथि तामाको प्लेट राख्नुहोस्। त्यसो गर्दा तामाको थालमा दियोको कालो जम्छ।
यस कालोलाई चिसो गरेपछि एउटा भाँडोमा निकालेर राख्नुहोस्। अब यसमा केही थोपा बदामको तेल हाल्नुहोस् र राम्ररी मिलाउनुहोस्। शुद्ध घ्यू मिसाएर पनि काजल बनाउन सकिन्छ । बदामको तेलमा बनाइएको काजलले पनि परेला बाक्लो र कालो बनाउँछ। साथै, भिटामिन ई ले भरपूर बदामको तेलमा बनेको मस्कारा आँखाको स्वास्थ्यका लागि राम्रो हुन्छ।
Facebook Comment