खेल्नका लागि पाकिस्तान पुगेका इङ्ल्यान्ड क्रिकेट टोलीका १४ सदस्य ‘अज्ञात भाइरस’बाट संक्रमित
काठमाडौं । डिसेम्बर १ बाट सुरु हुने इंग्ल्यान्ड र पाकिस्तानबीचको टेष्ट सिरिजमा ठूलो संकट आएको छ । खेलको एक दिनअघि इंग्ल्याण्डका कप्तान बेन स्टोक्ससहित टोलीका १४ सदस्य भाइरसको सिकार भएका छन् । यो खबर रावलपिंडीमा हुने टेस्ट म्याचको एक दिन अगाडि आएको हो ।
बीबीसी स्पोर्ट्सका अनुसार संक्रमित १४ सदस्यमध्ये आधा खेलाडी र कर्मचारी रहेका छन् । इंग्ल्यान्डले तीन टेस्टको शृंखलाका लागि १५ खेलाडीलाई पाकिस्तान पठाएको छ, जसमध्ये झण्डै आधा खेलाडी संक्रमणबाट पीडित छन्। यस्तो अवस्थामा पहिलो टेस्ट कसरी हुने हो, त्यो भने अझै स्पष्ट छैन ।
रिपोर्टका अनुसार इंग्ल्याण्ड टोलीको अवस्था यति नाजुक भएको छ कि खेलको एक दिन अगाडि मात्र ५ खेलाडी अभ्यास सत्रमा सहभागी हुन पुगेका थिए र बाँकी सबै बिरामी छन् । इङ्ल्यान्डका खेलाडीलाई कुन भाइरसले संक्रमण गरेको हो, अहिलेसम्म पुष्टि भएको छैन । यो कोरोना वा अन्य कुनै अज्ञात भाइरस हुन सक्छ।
Facebook Comment