कर्णालीको सुन्दरतालाई नजिकबाट नियाल्दा {फोटोफिचर}

डिसी नेपाल
१४ मंसिर २०७९ १४:४३

काठमाडौं । आजभोली कर्णालीको पुल पर्यटकिय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन् । कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ।

यसको निर्माण सन् १९९३ मा पूरा भएको हो। यो तार पुल (Cable-stayed bridge) हो जसको बिचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रसलाई अड्याइएको हुन्छ। कर्णालीको पुल ५०० मिटर लामो तथा १० मिटर चौडा रहेको छ। यहाँ पुगेर भिडियो बनाउने,फोटो खिच्ने, टिकटक बनाउनेको भिड लाग्ने गर्दछ ।

यहाँ वरपरका देशभरका विद्यालयहरुबाट शैक्षिक भ्रमणका लागि पनि पुग्ने गर्दछन् । पुलको आसपासमा साना–ठूला पसल तथा होटलहरु देख्न सकिन्छ । यहाँ पुग्ने पर्यटकहरुका लागि कर्णालीको माछा, माछाको सुकुटी बेच्ने गर्दछन् । जसले गर्दा कर्णालीको पुल स्थानियको कमाईको आय स्रोत समेत बनेको छ ।

हेर्नुहोस् भिडियो:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *