लमजुङमा सवारी कारबाहीबाट चार महिनामा साढे २२ लाख राजश्व संकलन

लमजुङ। लमजुङमा चालु आर्थिक वर्षको चार महिलाको अवधिमा सवारी कारबाहीबाट २२ लाखभन्दा बढी राजस्व संकलन भएको छ। जिल्ला ट्राफिक कार्यालय लमजुङले चालु आर्थिक बर्ष २०७९/ ०८० को साउनदेखि कात्तिक महिनासम्म २२ लाख २२ हजार राजश्व संकलन गरेको हो।
ट्राफिक प्रहरी कार्यालयका अनुसार ३ हजार २ सय ५० सवारी कारवाहिबाट उक्त राजश्व संकलन भएको हो। साउन महिनामा पाँच सय ५० सवारीसाधान कारबाहीबाट ३ लाख ७८ हजार ५ सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्रफिक प्रहरी कार्यालयका सुचना अधिकारी राजाराम पौडेलले जानकारी दिए।
साउनमा ट्रक, टिपर ६० वटा, बस ४२ वटा, जिपकार एक सय ५२ वटा, ट्याक्टर ३० वटा, मोटर साइकल २ सय ५१ र अन्य सवारी १५ वटा कारबाहीमा परेका थिए।
त्यसै गरी भदौ महिनामा ट्रक, टिपर एक सय २३ वटा, बस ३९ वटा, जिपकार एक सय ९१ वटा, ट्याक्टर ६७ वटा, मोटर साइकल चार सय ११ र अन्य १९ वटा गरी ८ सय ५० सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट पाँच लाख ६९ हजार राजश्व संकलन भएको हो।
असोज महिनामा ९ सय ५० सवारी कारबाहीमा परेका थिए, जसबाट ६ लाख २२ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ। असोजमा १ सय १८ ट्रक/टिपर, ४८ बस, २ सय ४३ जिपकार, ५३ ट्याक्टर, ४ सय २५ मोटर साइकल र अन्य ५९ वटा सवारीसाधन कारबाहीमा परेका थिए।
यसैगरी कात्तिकान ९ सय सवारीसाधन कारबाहीबाट ६ लाख ५२ हजार रुपैया राजश्व संकलन भएको कार्यालयका ट्राफिक प्रहरी सहायक हवालदार सुभास रानाभाटले बताए । उनका अनुसार कात्तिकमा १ सय १२ ट्रक/टिपर, २ सय ४ वटा बस, ८ सय ८२ जिपकार, ट्याक्टर दुई सय पाँच वटा, १ हजार चार सय १९ मोटर साइकल र १ सय २७ अन्य सवारी कारबाहीमा परेको थिए।
गत आर्थिक वर्ष ०७८/ ०७९ मा आठ हजार सात सय ५० वटा सवारी कारबाहीमा परेका थियो । जसबाट ५६ लाख १६ हजार राजश्व संकलन भएको थियो।
Facebook Comment