११९ रनमै समेटियो नेपाल
काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालले खराब ब्याटिङ गर्दै मात्र ११९ रनमा सेमटिएको छ ।
सिरिजको चौथो खेलमा स्कटल्यान्डविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपाल ३५।३ ओभरमा मात्र १ सय १९ रन जोड्दै अलआउट भएको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाएपनि अन्य कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । रोहितले ५७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए ।
स्कटल्यान्डका ब्रेन्डन म्क्कुलेन, सफ्यान सरिफ र मार्क वाटले २-२ तथा क्रिस सोल, क्रिस्टोफर मक्ब्राइड र क्रिस ग्रिभ्सले १–१ विकेट लिए । जारी सिरिजको पहिलो खेल वर्षाका कारण रद्द हुँदा पछिल्ला दुई खेलमा नेपाल पराजित भएको छ ।
प्रतिक्रिया
Facebook Comment