म्याराडोनापछि मेस्सीको पनि ‘ह्याण्ड अफ गड’, मेस्सीको हातमा बल लाग्यो तर…
काठमाडौं । अर्जेन्टिनाको टोली फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो । अब सेमिफाइनलमा लियोनल मेस्सीको टोलीले पाँच पटकको च्याम्पियन ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । लियोनल मेस्सीको यो अन्तिम विश्वकप हो, यस्तो अवस्थामा उनी विश्व ट्रफी जितेर आफ्नो उत्कृष्ट करियरको अन्त्य गर्न चाहन्छन् ।
खेलका क्रममा निकै हंगामा भएको थियो । खेलको ५५ औं मिनेटमा मेस्सीको हातमा बल लागेपछि पहिलो हंगामा मच्चिएको थियो । बल मेस्सीको हातमा लागेकाले यी स्टार खेलाडीले पहेँलो कार्ड पाउनु पर्ने थियो । तर, रेफ्रीले यो जानीजानी नगरेको विश्वास गरे जसका कारण मेस्सीलाई पहेँलो कार्डविना नै छाडेका थिए । यस घटनालाई ‘ह्यान्ड अफ गड’ क्षण भनिएको छ।
Hand of God, no yellow#worldcup #qatar2022 pic.twitter.com/4vLGdHtfAL
— UhuruDeBuru? (@UhuruDeBuru) December 9, 2022
म्याच रेफ्रीको निर्णयबाट नेदरल्याण्ड्सका फ्यानहरु निकै रिसाए, एक फ्यानले भने, ‘यो मेस्सीको अन्तिम विश्वकप हो । तर सबैलाई समान व्यवहार गर्नुपर्छ। यो रेफ्री साँच्चै एकतर्फी देखिन्छ।’ अर्का फ्यानले भने, ‘नेदरल्यान्ड्स नराम्रो खेले तर रेफ्रीले पक्कै पनि अर्जेन्टिनालाई मद्दत गरिरहेका छन्, मेस्सीको कारणले मात्र होइन।’
‘ह्यान्ड अफ गड’ भन्ने बित्तिकै फुटबल फ्यानहरूले अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनालाई सम्झन्छन्। सन् १९८६ को विश्वकपमा इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा म्याराडोनाले आफ्नो हातको मद्दतले गोल गरेका थिए, जुन खेलको नियमविपरीत हो। म्याराडोनाले वर्षौं पछि स्वीकार गरे कि उनले जानाजानी बल छोएका थिए। तर, त्यसको चार मिनेटपछि नै सोही खेलमा उनले गोल गरे, जसलाई फिफाले विश्वकपको इतिहासमा सबैभन्दा ठूलो गोल भन्यो ।
अर्जेन्टिना-नेदरल्याण्ड्सको विवाद यत्तिकै रोकिएन। उक्त खेलका क्रममा दुवै टोलीका खेलाडीहरु आपसमा भिडन्त भएका थिए । वास्तवमा, अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो परेडेसले नाथन एकेलाई मैदानमा लडाएका थिए, जसका कारण रेफ्रीले फाउल दिएका थिए। यसबाट परेडिस रिसाए र उनले नेदरल्याण्डको डगआउटमा बल हाने। पछि परडेससँग लड्न नेदरल्याण्डका खेलाडी पुगे । म्याच रेफ्रीले केही हदसम्म शान्त गराए ।
Facebook Comment