दाइजोबिना विवाह गर्ने पश्चिम नवलपरासीका छ जोडी सम्मानित

डिसी नेपाल
२४ मंसिर २०७९ २२:३२

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा दाइजोबिना विवाह गरेका छ जोडीलाई सम्मान गरिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोबिना विवाह गरेका उनीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

विवाहमा गरिने अनावश्यक खर्चलाई सामाजिक काममा लगाउने उद्घोषका साथ वैवाहिक जीवनमा बाँधिएका नव जोडीलाई सम्मान गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए।

“विवाहलाई दाइजोरहित बनाउन निकै चुनौतीपूर्ण भएका बेला यहाँका छ जोडी उदाहरण बन्नुभएको छ”, उहाँले भन्नुभयो, “महिला हिंसाको एउटा जडका रुपमा रहेको दाइजो प्रथाको उल्मुलनका लागि राम्रो सुरुवात हो ।”

सम्मानित हुनेमा सलाउद्दीन मन्सुरी र नाजमा खातुन, अशोक हरिजन र बविता हरिजन, पंकज गिरी र मनिषा गिरी, प्रमोद हरिजन र अनिशा हरिजन, शैलेशकुमार कोइरी र निर्जलीकुमारी कोइरी, असिउद्दीन अन्सारी र अम्जाहान खातुन हुनुहुन्छ । सम्मानित हुने जोडी पंकज गिरी र मनिषा गिरीले आफूहरु सधैभरी कुप्रथाको विरुद्धमा रहेको बताए ।

सम्मान कार्यक्रमपछि पाल्हीनन्दन(६ लंगडीपाकडदेखि वडा नं। ५ विसुनपुरा भन्सार चोकसम्म सचेतना र्‍याली निकालिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *