वर्तमान राजनीति, यसको उठान र चुनौती
मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ। पाँच पाँच वर्षमा हुने अद्याविक निर्वाचन लोकतन्त्रको सुन्दरत पक्ष हो।
यो निर्वाचनले बलियो लोकतन्त्रका लागि एउटा ईँटा थप्ने काम गरेको छ। निर्वाचनमा पुराना दलहरुलाई नयाँ स्थापित दलहरुले चुनौती दिएपछि देशको राजनीतिक संरचनामा भने खासै फरक परेन।
हामीले अंगीकार गरेको निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत आउने संभावना त छैन नै, पाँच दलीय गठबन्धनले पनि बहुमत ल्याउन नसक्नु नव स्थापित दलको उदय भएकै कारण हो।
अहिले पाँच दलीय गठबन्धनले नै सरकार बनाउने मोटामोटी सहमति भइसकेको छ, तर उसको पक्षमा बहुमत नपुग्दा साना दल निर्णायक बन्ने देखिन्छ।
दलरुहरु एक्लाएक्लै चुनावमा जान डराउँदा गठबन्धनको संस्कृति बढ्न थालेको छ। मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेस नै अहिले माओवादी र एकीकृत समाजवादी जस्ता कम्युनिष्ट दलसँग गठबन्धन गरेर चुनावमा जाने र उनीहरुको सहयोगमा सरकार गठन गर्नुपर्ने अवस्थामा पुग्नुलाई राजनीतिक दलल मूल्य, मान्यताको राजनीतिबाट च्युत भएको रुपमा बुझ्न सकिन्छ।
बिपी कोइरालाले स्थापना गरेको कांग्रेस अब कांग्रेस रहेन। त्यस्तै पुष्पलाल र मनमोहन अधिकारीले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको सिद्धान्त र आदर्शबाट एमाले विमुख भएको छ। सबै दल आफ्नो सिद्धान्तबाट ओरालो लागिसकेका छन्।
उनीहरु सत्ता स्वार्थमा लिप्त हुँदा कहिले कुन दलसँग त कहिले कुन दलसँग साझेदारी गरी सत्तामा टिकिरहने प्रपञ्चमा छन्। फलस्वरुप देशको राजनीति, अर्थनीति, धर्मनीति, समाजनीति, परराष्ट्रनीति र संस्कृति सबै नराम्रोसँग खस्किएको छ भने देश शून्यतामा रहेको छ।
बिपी कोइराला सिद्धान्तबाट कहिल्यै पनि विचलित भएनन्। सिद्धान्त विपरित कहिल्यै कसैसँग सम्झौता गरेनन्। २०३६ सालमा भएको जनमत संग्रहमा बहुदल पराजित हुँदा मनमोहन अधिकारीले कांग्रेस र बाममोर्चा मिलेर जनआन्दोलन गर्ने प्रस्ताव राख्दासमेत बिपीको सधैं अस्वीकार गरे। किन भने कांग्रेस र कम्युनिष्टको सिद्धान्त फरक भएको उनको बुझाइ थियो।
आज चुनावी परिणामले कुन पार्टीको कति मत छ भन्ने विषय नै ओझेलमा परेको छ। यी पुराना दलप्रतिको वितृष्णाले नयाँ दलको उदय हुन पुगेको छ। पाँच दलीय गठबन्धनले गठबन्धन गरेर चुनावमा जाँदा पनि अन्य दलको उदय हुनु भनेको सामान्य विषय होइन। यसले भविष्यको पनि संकेत गर्छ।
राजनीतिक विचारधारमा त्यो अडिग विचारधाराले कांग्रेस ‘कांग्रेस’ भएर नेपालको राजनीतिमा टिकेको र इज्जतसँग बसेको थियो। त्यस्तै मनमोहन अधिकारीको पार्टी पनि आफ्नो वजनमा कायम थियो।
तर समयक्रमको तरंगमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाको समयमा कांग्रेस नेताहरु आफ्नो अभिष्ट पूरा गर्न माओवादी जस्तो अत्यन्त फरक मत राख्ने उग्र बामपन्थी पार्टीको साथ लागेर सत्ता साझेदारीदेखि चुनावी गठबन्धनसम्म गर्न पुग्यो।
आज चुनावी परिणामले कुन पार्टीको कति मत छ भन्ने विषय नै ओझेलमा परेको छ। यी पुराना दलप्रतिको वितृष्णाले नयाँ दलको उदय हुन पुगेको छ। पाँच दलीय गठबन्धनले गठबन्धन गरेर चुनावमा जाँदा पनि अन्य दलको उदय हुनु भनेको सामान्य विषय होइन। यसले भविष्यको पनि संकेत गर्छ।
अहिले नयाँ दलको उदयलाई दलहरुले सामान्य रुपमा लिने हो भने आगामी पाँच वर्षमा हुने अर्को चुनावको परिणामले यी पुराना दलको के अवस्था हुन्छ अनुमान लगाउन गाह्रो हुन्छ। सधैं सत्ता र स्वार्थमा लिप्त हुँदा ठूला र पुराना भनिएका दलहरुप्रति जनताको वितृष्ण बढ्दो छ।
सधैं सरकार बसिरहने तर जनहीतमा केही पनि काम गर्न नसक्ने प्रवृत्ति कायम रहेसम्म मुलुक र जनताको हित हुँदैन भन्ने सामान्य चेत नहुँदा राजनीतिप्रति नै जनताको वितृष्णा बढ्न थालेको हो।
बेलगाम भएका ठुला पार्टी नैतिक कर्मबाट स्खलित भइरहने प्रवृत्तिले आज देशको राजनीति र नैतिकता हराएका जस्तो देखिएका छन्। यही कारण ठूला पार्टीले पाउन मत आज नव उदयमान राजनीतिक दलले प्राप्त गरेका छन्। नयाँ दलप्रति विशेष गरी युवाको आकर्षण बढेको छ।
ठूला दलबाट वाक्क भएका जनता र विशेष गरी युवा वर्गले नयाँ पार्टीबाट धेरै आशा पनि गरेका छन्। अब पुराना दललाई सही बाटोमा ल्याउने जिम्मा पनि यीनै नयाँ दलको हो। अहिले पूर्वपञ्चहरुको पार्टी भनेर चिनिएको राप्रपाले पुर्नजीवन पाएको छ।
अघिल्लो चुनावमा सर्वकान हार व्यहोरोको राप्रपामा नयाँ नेतृत्व आएसँगै यसले पुर्नजीवन पाएको छ। उता नव गठिन राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला युवाहरुको आकर्षणको केन्द्र बनेको छ।
राजनीतिप्रति युवावर्गको बढेको वितृष्णलाई आकर्षणमा बदलेको रास्वपाले आगामी दिनमा जनमुखी काम, जनताको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न सक्यो भने आगामी निर्वाचनमा सरकारको नेतृत्व गर्ने तहमा पुग्न नसक्ला भन्न सकिँदैन।
पचासौं वर्षदेखिको यी ठूला दलको मनोमानी र सत्तास्वार्थले गर्दा देश आज ठूलो खाडलमा परेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस बास र कपास, औद्योगिक कलकारखानाको पुनस्र्थापना अब नयाँ उदयमान दलको मुख्य एजेण्डा हुनुपर्छ। आजसम्म राजनीति संचालन भएको छैन, राजनीति गरिएको मात्र छ।
देशमा युवा शक्तिलाई विदेश पलायन गरिएको छ। विदेशबाट पठाएको रेमिट्यान्सको रकमले नेताहरुले चिल्ला कार चढेर ‘लुटको धन, फुपूको श्राद्ध’ झै गरी खर्च गरेका छन्।
तर अब यी सबै कुकर्म देशले थान्न सक्दैन। देश सधैं शून्यतामा रहन पनि सक्दैन। अब छलको राजनीति र नैतिकहीन भनेर देशलाई अझै अधोगतिमा लग्न पाइँदैन। अब देशमा नैतिकता, जवाफदेहिता र पारदर्शिताको आवश्यकता छ।
ठूला दललाई खबरदारी गर्दै यी तमामा चुनौतीको सामना गर्न नयाँ दलहरु विपक्षमा नै बसेर जनताको पक्षमा निरन्तर वकालत गर्नुपर्छ।
Facebook Comment