यी वस्तुले घटाउन्छ तपाईको आयु, धेरै खानेहरु हुनुस् साबधान

डिसी नेपाल
२५ मंसिर २०७९ १४:१६

काठमाडौँ। अहिलेको तिव्र गतिको जीवनशैलीमा रेडी टु इट खानेकुराको उपभोग तीव्र गतिमा बढिरहेको छ। तयारी खानामा दाल, भात, तरकारीलगायत सबै प्रकारका खाजा र खानाहरू समावेश हुन्छन्। यी तयारी खाद्य वस्तुहरू हुन् जसलाई केही समयको लागि मात्र उमालेर वा तताउन आवश्यक हुन्छ। तर यी तयारी खानेकुराले तपाईलाई धेरै रोगको सिकार बनाउँछ र यसले तपाईको जीवनको केही वर्ष पनि लिन सक्छ।

ब्राजिलमा गरिएको एक अध्ययनमा रेडी टु इट मीलको सेवनले अकाल मृत्युको जोखिम १० प्रतिशतले बढाएको खुलासा भएको छ। सन् २०१९ मा ब्राजिलमा गरिएको यस अध्ययनमा भनिएको छ कि यदि तपाईंले यी ५ वटा रेडी टु इट मील खानुभयो भने अकाल मृत्युको शिकार बन्न सक्नुहुन्छ।

यो अनुसन्धान अमेरिकन जर्नल अफ प्रिभेटिभ मेडिसिनमा प्रकाशित भएको छ। अन्वेषकहरूको अनुसार अल्ट्रा-प्रोसेस गरिएको खानाको लामो समयसम्मको सेवनले मधुमेह, हृदय रोग र क्यान्सर जस्ता रोगहरूको जोखिम बढाउँछ।

ब्राजिलको युनिभर्सिटी अफ साओ पाउलोका प्रमुख र यस अनुसन्धानका लेखक एडुआर्डो निल्सनले भने, “यी नतिजाहरूका लागि उनीहरूले अल्ट्रा-प्रोसेस गरिएका खानेकुराहरूको स्वास्थ्य जोखिमहरूको तुलनात्मक मूल्याङ्कन गरे।”

अनुसन्धानमा, अन्वेषकहरूले पत्ता लगाए कि २.१९ मा ३० देखि ६९ वर्ष उमेरका आधा मिलियन भन्दा बढी वयस्कहरूको मृत्यु भयो, जसमध्ये ५७ हजार व्यक्तिहरू, वा लगभग १०.५ प्रतिशत अल्ट्रा-प्रोसेस गरिएको खानाका कारण समयअघि नै मरेका थिए।

निल्सनले यो पनि भन्यो कि यी तथ्याङ्कहरू ती देशहरूमा अझ डरलाग्दो हुनसक्छन् जहाँ मानिसहरूले बढी मात्रामा तयारी खानाहरू सेवन गर्छन्।

तयारी खाना भनेको के हो ?

बदलिँदो जीवनशैलीमा मानिसहरुसँग समयको कमी छ र उनीहरुसँग घरमा खाना पकाउने समय छैन। यस्तो अवस्थामा मानिसहरूले बजारमा पाइने प्याकेज गरिएका खानेकुरा उपभोग गर्न थालेका छन्। पछिल्ला केही वर्षमा रेडीमेड फुड खाने चलन तिब्र रुपमा बढेको छ। बजारमा पाइने तयारी खाना वा प्याकेज गरिएको खानेकुरा स्वस्थकर हुँदैन।

यो जति पनि खानको लागि स्वास्थ्यकर भएको दाबी गरे पनि यसमा प्रिजर्वेटिव्स कार्बोहाइड्रेट, चिनी र नुनले भरिएका हुन्छन्। यसमा अत्यधिक मात्रामा फ्लेवर्सहरू हालेको हुन्छ जसले तपाईंको रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। तिनीहरूमा पोषक तत्वहरूको कमि हुन्छ। लामो समयसम्म यसको सेवनले मधुमेह, मोटोपना, खराब कोलेस्ट्रोल र मुटुसम्बन्धी रोगको जोखिम बढाउँछ।

अल्ट्रा-प्रशोधित खानाहरू के हुन् ?

लगभग सबै प्रकारका रेडी-टु-ईट खानाहरू अल्ट्रा-प्रोसेस गरिएका हुन्छन्। अल्ट्रा-प्रोसेस गरिएका खानाहरू बोसो, स्टार्च, थपिएको चिनी र अस्वस्थ बोसोले भरिपुर्ण हुन्छ। यी कारखानाहरूमा धेरै प्रक्रियाहरू मार्फत तयार गरिन्छ। यसमा खानाका प्राकृतिक तत्वहरू हटाएर कृत्रिम तत्वहरू थपिन्छन्। अल्ट्रा प्रोसेस्ड फूडहरू क्यालोरी, चिनी र नुनमा धनी हुन्छन्। फ्रोजन फूडहरू जस्तै पिज्जा,  कटलेट, चिप्स, प्याक गरिएको सूप, कुकीजहरू अल्ट्रा-प्रोसेस्ड फूडको वर्गमा आउँछन्।

अल्ट्रा-प्रोसेस्ड फूडहरूमा डाक्टरहरू के भन्छन् ?

“अल्ट्रा-प्रोसेस गरिएका खानाहरू ताजा खानाको विकल्प होइनन्,” निल्सन बताउँछन्। वास्तवमा नाफा कमाउनका लागि खानेकुरालाई औद्योगिकीकरण गरिएको छ। यसमा कमै ताजा र स्वस्थ चीजहरू हुन्छन्। तिनीहरूमा स्टार्च, अस्वस्थ फ्याट र प्रोटीन प्रशस्त पाइन्छ। यी वर्षौंको लागि भण्डारण गर्न र ठूलो मात्रामा बेच्न बनाइन्छ। तिनीहरूको उत्पादन र भण्डारण लागत पनि धेरै कम छ।

उनले थप भने, “खानामा धेरै खर्च गर्न नसक्ने भएकाले निम्न आय भएका समुदायका मानिसहरूले यी खाद्यवस्तुहरू बढी खपत गर्छन्। ताजा खाना भन्दा तयार खानाहरू सस्तो र सजिलै पाउन सकिन्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *