सचिन तेन्दुलकरका छोरा अर्जुनले डेब्यू खेलमै शतक बनाए
काठमाडौं । सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले आफ्नो पहिलो रणजी खेलमा शतक प्रहार गरेका छन् । गोवाका लागि राजस्थानविरुद्ध खेल्दै अर्जुनले १७७ बलमा शतक पूरा गरेका थिए ।
उनी एस प्रभुदेसाईसँग क्रिजमा उभिरहेका छन् । दुबैको उत्कृष्ट ब्याटिङका कारण गोवाले ४ सय रनको अंक पार गरेको छ ।
सचिन तेन्दुलकरले पनि सन् १९८८ मा आफ्नो पहिलो रणजीमा शतक बनाएका थिए । सामाजिक सञ्जालमा समेत धेरैले अर्जुनलाई सचिन तेन्दुलकरसँग तुलना गरिरहेका छन् ।
अर्जुनले यस वर्षको सुरुमा गोवा टोलीबाट खेल्न थालेका थिए। उनले मुम्बईको टोलीबाट धेरै अवसर पाएनन् । उनी आईपीएलमा मुम्बई इन्डियन्सको टोलीमा पनि थिए, तर उनी प्लेइङ इलेवनमा कहिल्यै स्थान बनाउन सकेनन्।
प्रतिक्रिया
Facebook Comment