लुम्विनी प्रदेशभरका रेडियोको भेला बुटवलमा, समानुपातिक रूपमा विज्ञापन वितरण गर्न दबाव दिने

डिसी नेपाल
२८ मंसिर २०७९ १८:४२

बुटवल । लुम्विनी प्रदेश अन्तरगतका विभिन्न जिल्लामा रहेका स्वतन्त्र रेडियोहरुको भेला बुटवलमा सम्पन्न भएको छ ।

ब्रोडकाष्टिङ्ग यशोशिएसन अफ नेपाल वानका लुम्विनी संयोजक युगराज बस्यालको अध्यक्षतामा सम्पन्न भएको भेलाले रेडियोले पाउने सरकारी सूचना तथा विज्ञापन समानुपातिक रूपमा वितरणको लागि दवाव दिने निर्णय गरेको छ ।

अहिलेपनि ग्रामिण क्षेत्रमा रेडियोहरुको प्रभाव कायमै रहेको निष्कर्श निकाल्दै भेलाले लुम्विनी प्रदेश सरकार तथा स्थानीय तहसँगको सहकार्यमा क्षमतावृद्धी कार्यक्रम प्रदेशभरका जिल्लाहरुमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

भेलाले केही महिनाअघि काठमाण्डौमा सम्पन्न बानको केन्द्रीय अधिवेशनले निर्वाचित गरेको प्रदेश समितिलाई पूर्णता दिनुका साथै स्वतन्त्र रेडियोहरुलाई राज्यले उद्योगको मान्यता दिनुपर्नेमा अहिलेपनि विभेद गरेको भन्दै सम्वन्धीत निकायमा खवरदारी गर्ने निर्णयसमेत गरेको छ ।

वैठकमा बानका पूर्व प्रदेश अध्यक्ष माधव नेपाल, पूर्व केन्द्रीय सदस्य जगदिश भट्टराईसहित लुम्विनी प्रदेशभर रहेका स्वतन्त्र रेडियोका प्रतिनिधि सहभागि भएको संस्थाका सचिव हरिप्रसाद भुसालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *