ओलिभर गिराउडको चोटले फ्रान्सको टिममा चिन्ता, फाइनल खेल्न सक्नेमा शंका
काठमाडौं । आज विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । उपाधिका लागि अन्तिम खेल खेल्ने बेला स्टार स्ट्राइकर ओलिभर गइराउडको चोटले फ्रान्सको टिमको चिन्ता बढाएको छ । ओलिभर गिराउडको फिटनेसलाई लिएर फ्रान्सेली क्याम्पमा केही चिन्ता छ।
गिराउड प्रतियोगिता अवधिमा फ्रान्सको आक्रमणको प्रमुख खेलाडीको रुपमा रहेका छन् । पाँच खेलमा चार पटक गोल गर्दै उनले फ्रान्सलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
तर फ्रान्सेली पत्रिका एल इक्विपको विश्वास छ कि उनी घुँडाको चोटका कारण अर्जेन्टिना विरुद्धको खेलमा संघर्ष गरिरहेका हुन सक्छन् । अखबारले रिपोर्ट गरेको छ कि कोच डिडियर डेसच्याम्प्सले मार्कस थुरामसँग लेफ्ट विङमा र केलियन एमबाप्पेलाई सेन्टर स्ट्राइकरको रूपमा राखेर हिजो प्रशिक्षण दिए।
यसको अर्थ उनी गिराउड खेल्न नसक्ने अवस्थामा थुरामलाई उनको स्थानमा खेलाउनको लागि तयार रहन चाहन्छन् ।
Facebook Comment