वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यवसायिक कृषिमा (भिडियोसहित)
पाल्पा । पाल्पा जिल्लाको तानसेनमा बैदेशिक रोजगारीबाट फर्किएर कृषि र पशुपालन गर्नेहरुको संख्या वढ्दै जान थालेको छ । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई तानसेन नगरपालिकाले अनुदान र प्रोत्साहन दिएपछी यहाँ बैदेशिक रोजगारीबाट फर्किएर कृषि कर्म गर्नेहरुको संख्या वढ्न थालेको हो ।
यहाँका ग्रामिण वडाहरुमा ४ सय बढी युवाहरुले व्यवसायिक कृषि र पशुपालन सुरु गरेका छन् । उनीहरुलाई घरमै स्वरोजगार बनाउन नगरपालिकाले युवा कृषि र पशुपालन कार्यक्रम बनाएको थियो । १० हजार देखी ४० हजार सम्म व्यवसायिक अनुदान नगरपालिकाले दिएको छ । ३ वटा वैंक संग कृषकलाई जोडेर सुलभ कर्जा कार्यक्रम संचालन गरी व्यवसायिक कृषिमा लगाएको हो ।
कृषि कार्यक्रममा आवद्ध २ हजार १ सय ४१ उद्यमी मध्ये ४ सय ७२ जना विदेशबाट फर्केका छन् । उनीहरु दुबई, कतार, मलेसिया र भारतबाट फर्केका युवा हुन् ।
भिडियो:
Facebook Comment