राष्ट्रपति कप जुनियर व्याडमिण्टन प्रतियोगिता शुरु

डिसी नेपाल
२५ पुष २०७५ ०:५८

विराटनगर । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रतियोगिताको हिजो यहाँ उद्घाटन गरेका छन ।

सो अवसरमा उनले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रमा जुनियर खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

मोरङ जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा हिजो भएको यु –१९ को खेलमा नेपालका प्रिन्स दाहाल, प्रफुल महर्जन, सत्यम सुब्बा, प्रनिषसिंह ठकुरी, पविन लिन्थेप र म्यानमारका थु रिन रहेका छन् ।

प्रतियोगिताको यु–१५ तर्फ नेपालका रोहित बराल, विवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बम विजयी भई अन्तिम आठमा पुगेका छन् ।

प्रतियोगिता यु–१५ ब्वाइज र गल्र्स एकल तथा यु–१९ ब्वाइज र गल्र्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका विजयीलाई रु दुई लाख ५० हजार बराबरको नगद पुरस्कार राशी प्रदान गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *