यो खाना खाएपछि यौन इच्छा हुँदैन भनेर ब्रह्मचर्य बढाउन खोजिएको थियो यो चर्चित ब्रेकफास्ट

डिसी नेपाल
७ पुष २०७९ १५:०३

यो १९ औं शताब्दीको कुरा हो । त्यो समयमा यस्ता धेरै यन्त्रहरू बाहिर आए, जसले पुरुषहरूलाई हस्तमैथुन गर्नबाट रोक्थे । एकप्रकारको हस्तमैथुन रोक्ने उपकरण डाक्टरको क्लिनिकमा नै पाइन्थ्यो । जसले सामान्यतया यति धेरै पीडा दिन्थ्यो कि मानिसभित्रको यौन इच्छा नै मारिदिन्थ्यो। यी धातुका यन्त्रहरू गुप्तांगलाई कडाइका साथ छोप्न प्रयोग गरिन्थ्यो, जसमा पेंच पनि थियो। यो सबै यति विचित्र र पीडादायी हुनथ्यो कि मानिसहरु आफैले आफ्नो यौन भावना मार्न थाले।

वास्तवमा त्यतिबेला बच्चा जन्माउनु बाहेक अन्य कुनै पनि हिसाबले यौन इच्छा राम्रो मानिँदैनथ्यो। यसबाट मानिसको नैतिक पतन मात्र नभई शरीर पनि कमजोर हुने चिकित्सकलगायत सर्वसाधारणको विश्वास थियो । यो युद्धको समय थियो र शक्तिको कमीलाई कुनै पनि हिसाबले स्वीकार गर्न सकिँदैनथ्यो । त्यसैले, यसलाई ठीक गर्न विभिन्न तरिकाहरू विचार गरियो। महिलामा हुने यौन भावनालाई नराम्रो नजरले हेर्ने गरिन्थ्यो र त्यसलाई नियन्त्रणका लागि धेरै उपाय अपनाइयो जुन लगभग अमानवीय थियो ।

अमेरिकी डाक्टर र स्वास्थ्य कार्यकर्ता जोन हार्वे केलोग ब्रह्मचर्यका कट्टर समर्थक थिए। यौनले शरीर, मन र आत्मालाई प्रदूषित गर्छ भन्ने उनको विश्वास थियो । उनी हस्तमैथुनलाई त झनै नराम्रो मान्थे, जसका कारण बच्चा पनि जन्मिन सक्दैन भन्ने ठान्थे । उनले एउटा पुस्तक लेखे – प्लेन फ्याक्ट्स फर ओल्ड एण्ड योंग । त्यसमा हस्तमैथुनका कारण शरिरका जोर्नीहरु बाक्लो हुने, इपिलेप्सी जस्ता रोग लाग्ने समेत लेखिएको थियो । पुस्तकमा एक–दुई होइन ३९ वटा यस्ता रोगको उल्लेख गरिएको छ, जुन हस्तमैथुनका कारण लाग्ने लेखकको भनाइ छ ।

यी डाक्टर विवाहित थिए, तर उनको ब्रह्मचर्यमा यति धेरै विश्वास थियो कि श्रीमतीबाट बच्चा जन्माउनुको सट्टा उनले बच्चाहरूलाई धर्मसन्तान बनाए। कर्नफ्लेक्सको आविष्कार पनि यिनै डाक्टरको योगदान थियो। बिहानको खाजा जति हलुका हुन्छ, यौन इच्छा त्यति नै नियन्त्रणमा हुन्छ भन्ने उनको दृढ विश्वास थियो । यही सोचेर डाक्टरले खानेकुराको हलुका कुरा खोज्न थाले । पिनट बटर पनि उनको देन थियो, तर सबैभन्दा ठूलो खोज कर्नफ्लेक्स थियो। सन् १८९० मा, जोन हार्वेका भाइ विलियम केलोगले यसलाई ब्रान्डको रूपमा खडा गरे।

मिशिगन हुँदै कर्न फ्लेक्स अमेरिका पुग्यो र त्यसपछि विश्वभरको ब्रेकफास्ट टेबलमा पुग्यो । फ्युचर मार्केट इनसाइट्सका अनुसार सन् २०१९ मा कर्नफ्लेक्सको बजार १७ अर्ब डलरभन्दा बढी थियो, यो ग्राफ आगामी १० वर्षमा ७ प्रतिशतसम्म बढ्न सक्छ । नेपालमा पनि कर्न फ्लेक्सका फ्यान कम छैनन् तर एउटा समस्या यो छ कि फ्लेक्सलाई चिसो दूधमा हालेर खानुपर्छ । यसमा चिनी पूर्णतया घुल्दैन र न त यसको कुनै विशेष स्वाद हुन्छ। यही कारणले गर्दा कर्नफ्लेक्ससँगै अन्य ठूला ब्राण्डका अनाजहरू पनि सजिलै स्थापित भए । ओट्सले पनि यसलाई ठूलो प्रतिस्पर्धा दिइरहेको छ।

त्यसोभए के कर्नफ्लेक्सले साँच्चै सेक्स गर्ने इच्छा कम गर्छ ? यसको जवाफ दिनुअघि यो बुझ्नु पर्छ कि यौन चाहना खानपानसँग सीधै सम्बन्धित हुन्छ । यो इच्छा तपाईले खानु भएको खानाले बढ्छ वा घट्छ । यौन भावना बढाउने यस्तो खानालाई वैज्ञानिक भाषामा एफ्रोडिजिएक खाना भनिन्छ। रातो फलफूल, खजूर, चकलेट, स्ट्रबेरी, तरबूज र मासु सहित प्रोटिनका धेरै स्रोतहरू यस श्रेणीमा पर्छन्।

एनेफ्रोडिजिएक खानाले उल्टो गर्छ र यौन चाहना घटाउँछ। कफी, माइक्रोवेभ पपकर्न, सुत्नु अघि तेलयुक्त खाना यस श्रेणीमा आउँछन्। यसमा कर्न फ्लेक्सको नाम समावेश छैन। कर्नफ्लेक्स खाँदा यौन इच्छा कम हुन्छ भन्ने कुरा कुनै पनि अध्ययनमा फेला परेको छैन । त्यसैले यो हुन सक्छ कि त्यो समयमा, जब शाकाहारी वा शाकाहारमा विश्वास गर्ने थोरै मानिस थिए, मासुको खपत बढी थियो। डा. केलोग अध्यात्ममा विश्वास गर्ने भएकाले, मासुको खपत कम गर्न उनले कर्नफ्लेक्स बनाए, जुन हल्का र धेरै मीठो थिएन। यसलाई बिहानको खाजामा खाँदा इच्छा कम हुने अनुमान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *