आईपीएलः इतिहासकै महंगो खेलाडी बने साम करन
काठमाडौं । इण्डियन प्रिमियर लिगको अक्शनमा इंग्ल्याण्डका अलराण्डर साम करन इतिहासकै महंगो मूल्यमा बिक्री भएका छन् । कोचीमा जारी अक्शनमा उनलाई पञ्जाब किंग्सले कीर्तिमानी १८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो । उनको बेस प्राइस २ करोड भारु थियो ।
बायाँहाते अलराण्डर करन सन् २०२२ को टी२० विश्वकपमा ‘प्लेअर अफ द टुर्नामेन्ट’ बनेका थिए । यस्तै विश्वकपका फाइनलमा म्यान अफ द म्याच समेत बनेका उनी आईपीएल अक्शनमा आकर्षणको केन्द्र बनेका थिए । चोटका कारण २०२२ को आईपीएलको मेगा अक्शनमा नाम दर्ता नगराएका उनी २०२० र २०२१ मा चेन्नाईबाट खेलेका थिए ।
प्रतिक्रिया
Facebook Comment