भारत र एसिया कप विवादमा पाकिस्तान क्रिकेट बोर्डका नयाँ अध्यक्षले के भने ?

डिसी नेपाल
९ पुष २०७९ ११:०६

काठमाडौं । पाकिस्तानमा पाकिस्तान क्रिकेट बोर्डको अध्यक्ष पदबाट रमीज राजालाई हटाएर नजम सेठीलाई अस्थायी रूपमा यो जिम्मेवारी दिइएको छ । पीसीबी अध्यक्षको निर्वाचन नभएसम्म नजम सेठीले यो जिम्मेवारी सम्हाल्नेछन् ।

पदभार सम्हालेपछि उनले पत्रकार सम्मेलन गरी विश्वकप र एसिया कपलाई लिएर भारत र पाकिस्तानबीच चलिरहेको विवादबारे पनि बयान दिएका थिए । नजम सेठीलाई एसिया कप पाकिस्तानमा हुने भएकाले भारतसँग हाम्रो पक्ष के हुन्छ भन्ने प्रश्न सोधिएको थियो ।

यसबारे सेठीले भने, ‘यसबारे केही भन्न हतार हुनेछ । यस्ता रणनीतिक विषयमा समितिमा छलफल हुनेछ । अहिले सम्म यहाँ के निर्णयहरू लिइयो मलाई पनि थाहा छैन। ती निर्णयहरू कति गहिराइमा छन्। उनीहरुको पछाडि के सोच थियो भन्ने निश्चित हुनुपर्छ ।’

“मैले धेरै कथनहरू पढेको छु, तर के सन्देश दिनु पर्ने हो भनेर समीक्षा गर्न सके राम्रो हुनेछ। जाहिर छ, जहाँसम्म भारतको कुरा आउँछ, सरकारको राय लिनुपर्छ र त्यहाँबाट दिशानिर्देश लिनुपर्छ।

कुरा के हो भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसिया कपका लागि पाकिस्तान जान अस्वीकार गरेको थियो ।

यो कुरामा रमीज राजा निकै आक्रामक भए । उनले एसिया कप खेल्न भारतीय टोली पाकिस्तान नआए पाकिस्तानी टोली पनि एकदिवसीय विश्वकप खेल्न भारत नजाने बताए ।

नजाम सेठी यसअघि पीसीबीको अध्यक्ष पनि भइसकेका छन् । तर उनले इमरान खानको शासनकालमा २०१८ मा पद छोडेका थिए।

प्रधानमन्त्री शाहबाज सरिफले पीसीबीको काम सम्हाल्न नजम सेठीको नेतृत्वमा १४ सदस्यीय समिति गठन गरेका छन् । मन्त्रिपरिषद्ले यो समितिलाई पनि स्वीकृत गरेको छ ।

उनले ट्वीटरमा लेखेका छन्, “रमीज राजाको नेतृत्वमा रहेको क्रिकेट प्रशासन समाप्त भएको छ। पीसीबीको २०१४ को संविधान पुनर्स्थापित भएको छ। प्रबन्ध समितिले प्रथम श्रेणी क्रिकेटलाई पुनर्जीवित गर्न सबै कदम चाल्नेछ। हजारौं क्रिकेटरलाई जीवनमा फर्काइनेछ। काम र क्रिकेटको खडेरी अब समाप्त हुनेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *